बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

प्युठानमा दुर्घटना, एकको मृत्यु चार घाइते

सोमबार, २९ असोज २०७५, ११ : १४
सोमबार, २९ असोज २०७५

बुटवल–  प्युठानको  सितचौरमा अटो रिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

दुर्घटनामा चार जना घाईते भएका छन् । नौविसे गाउँपालिका–६ को सितचौरमा भएको दुर्घटनामा  सोही गाउँलिका–४ खबाङ्गकी ६९ बर्षीया तारा देवि पुनको मृत्यु भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी प्रमुख डिएसपी निर्मल बुढाथोकीका अनुसार बाग्दुलाबाट खबाङ्ग जाँदै गरेको अटो रिक्सा  दुर्घटना हुँदा पुनको मृत्यु भएको र सोही स्थानका ४६ बर्षीया कालिदेवी पुनको जिल्ला अस्पतालमा उपचार हुन नसकी बुटवल रिफर गरिएको छ  । अन्य तीन जना सामन्य घाइते भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप