यसरी गर्नुहोस् तनाव व्यवस्थापन, यी पाँच टिप्सले सधैं राख्नेछ खुसी
आजकालको व्यस्त जीवनशैलीमा तनाव एक सामान्य बनेको छ । समस्या सामान्य भएपनि यसको परिणाम घातक हुन्छ । यहाँ तनावलाई कम गर्ने केही टिप्स दिइएका छन् ।
जीवनमा तनावको कारणलाई खोज्नेः
तनाव व्यवस्थापनका लागि तपाईंले सबैभन्दा पहिले आफ्नो जीवनमा तनावका कारण खोज्नुहोस् । यदि तनावको वास्तविक कारण तपाईंलाई थाहा छ भने तपाईंको आधा तनाव यत्तिकै कम हुनेछ ।
२. ती मानिसबाट टाढा हुनुहोस् जसले तनाव बढाउँछन्ः
तनाव व्यवस्थापनका लागि तपाईं त्यस्ता मानिसबाट टाढा हुनुहोस् जसले तपाईंको तनाव बढाउँछन् ।
३. संगीत सुन्नुहोस् वा घुम्न जानुहोस्ः
तनावलाई कम गर्नका लागि तपाईंले संगीतलाई आफ्नो जीवनको अंग बनाउनुपर्छ । दैनिक टहल्ने बानी बसाल्नुहोस् वा कुनै मिल्ने साथीलाई भेट्नुहोस् । यदि तपाईंलाई केही गर्न मनपर्छ भने त्यसलाई आफ्नो जीवनको हिस्सा बनाउनुहोस् ।
४. व्यायाम गर्नुहोस्ः
व्यायामलाई आफ्नो रुटिनमा समावेश गर्नुहोस् । नियमित रुपमा व्यायाम गर्दा तपाईंको शरिर र मस्तिष्कलाई आराम प्राप्त हुन्छ । साथै, व्यायामले तपाईंको मुड पनि ठिक पार्छ । तर यसका लागि नियमित व्यायाम गर्न आवश्यक छ ।
५. आफ्ना समस्याबारे कुरा गर्नुहोस्ः
यदि तपाईंलाई केही कुराले तनावमा पारिरहेको छ भने त्यसबारे कुरा गर्दा तनावको स्तर कम हुने गर्दछ । यसबारे तपाईं परिवारका सदस्य, साथीभाइ, डाक्टर वा थेरापिष्टसँग कुराकानी गर्न सक्नुहुन्छ ।
र तपाईं आफैंसँग पनि कुराकानी गर्न सक्नुहुन्छ । यसलाई ‘सेल्फ टक’ भनिन्छ र हामीमध्ये धेरैले यसो गर्ने गर्छौं । तर तनाव कम गर्नका लागि कुनै पनि कुरालाई सकारात्मक तरिकाले हेर्नुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपाका पूर्वकेन्द्रीय सदस्य बलबहादुर केसीको निधन
-
दुई जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
औलोका ८० प्रतिशत बिरामी भारतबाट भित्रिन्छन्
-
विशिष्ट व्यक्तिलाई उपलब्ध गराइएका सुरक्षाकर्मीहरू बाहेक अन्यलाई फिर्ता बोलाउन गृहको निर्देशन
-
श्रीलङ्काका लागि बीआरआई परियोजना सेतो हात्ती : तलाल रफी
-
मलामी जाँदा भेरीमा डुबेका व्यक्तिको खोजीमा गोताखोर परिचालन