मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

रानी भिक्टोरियाकी नातिनी राजकुमारी युजिनीको शाही विवाहका तस्बिर

सोमबार, २९ असोज २०७५, १२ : ०१
सोमबार, २९ असोज २०७५

रानी भिक्टोरियाकी नातिनी युजिनीले व्यापारी ज्याक ब्रुक्सबैंकसँग विवाह गरेकी छिन् । विवाह समारोह विन्डसर क्यासलमा शुक्रबार भएको हो ।

३२ वर्षे ज्याकका पूर्खा स्ट्याम्प ब्रुक्सब्यान्ड थिए जो १८ औं शताब्दीको मध्यमा बैंक अफ इंगल्याण्डका गभर्नर थिए । राजकुमारी युजिनी ड्युक अफ योर्कका राजकुमार एन्ड्रूकी छोरी हुन् । युजिनी ज्याकभन्दा चार वर्ष कान्छी हुन् ।

विवाहमा आठ सय ५० पाहुनाको सहभागिता थियो । यसबाहेक १२ सय सर्वसाधारणको सहभागिता थियो । लाइभ ब्रोडकास्टका लागि उनीहरुलाई भोटमार्फत चुनिएको थियो ।

योर्कका ड्युक राजकुमार प्रिन्स एन्ड्रूले छोरी युजिनीलाई जर्ज च्यापल चर्चसम्म लिएर गए ।

युजिनी र ज्याकको पहिलो भेट सन् २०१० मा दुबैले चिन्ने साथीमार्फत भएको थियो ।

युजिनीको विवाहमा क्याम्ब्रिजकी राजकुमारी चार्लोट (सबैभन्दा बायाँ) पनि समावेश थिइन् ।

विवाहमा आएका बच्चाहरुले पनि निकै मस्ती गरे ।

राजकुमारीकी बहिनी योर्ककी राजकुमारी बिट्राइस र आमा साराह फग्र्युसन क्रमशः हरियो र निलो रंगमा देखिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप