शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

फेक इन्काउन्टरमा सेनाका मेजर जनरलसमेत सातलाई जन्मकैद

सोमबार, २९ असोज २०७५, १२ : ५९
सोमबार, २९ असोज २०७५

बीबीसी

भारतको असममा एक फेक इन्काउन्टरको मामलामा सेनाका तीन अधिकारी र चार सैनिकलाई जन्मकैदको सजायँ सुनाइएको छ ।

सजायँ पाउनेमा सेनाका पूर्व मेजर जनरल एके लाल, दुई कर्नल र सात सैनिक समावेश छन् ।

लाललाई सन् २००७ मा एक महिला अफिसरले योगा सिकाउने नाममा आफूमाथि दुर्व्यवहार गरेको भन्दै उजुरी दिएपछि निलम्बन गरिएको थियो ।

आर्मी कोर्टको यो निर्णय २४ वर्ष पुरानो मामलामा सुनाइएको हो । सन् १९९४ मा अल असम स्टूडेन्ट युनियनसँग सम्बन्धित पाँच युवकलाई फर्जी इन्काउन्टरमा मारिएको थियो ।

त्यसैवर्ष एक चिया बगानका अधिकारीको हत्याको शंकामा थुप्रैलाई पक्राउ गरिएको थियो । त्यसको केही दिनपछि पाँच युवकलाई चरमपन्थी बताउँदै सैनिकले पाँच युवालाई फेक इन्काउन्टरमा मारेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप