शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

युवकको शव भेटियो

सोमबार, २९ असोज २०७५, १४ : ०७
सोमबार, २९ असोज २०७५

सिरहा–सिरहाको धनगढीमाई नगरपालिका ७ कसहा नजिक आज विहान एक युवकको शव फेला परेको छ । धनगढीमाई ९ महुवाडाँडाका  करिव १९ वर्षीय विलाश यादवको शव फेला परेको हो ।  
हिजो बेलुका गाउँकै सुजित यादव र भिनाजुसँग पार्टी खान हिँडेका उनी आज विहान मृत भेटिएको प्रहरीले जनाएको छ । 
गाउँभन्दा करिव ५ किलोमिटर पश्चिम पूर्वपश्चिम राजमार्ग अन्तर्गत कसहादेखि करिव ३ सय मिटर उत्तर सपेताको जंगलमा शव फालिएको अवस्थामा फेला परेको हो । 
प्रहरीले घटनाका बारेमा अनुसन्धान भइरहेको जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप