मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

राशिअनुसार आजको आफ्नो भाग्य हेर्नुहोस्

मङ्गलबार, ३० असोज २०७५, ०६ : १३
मङ्गलबार, ३० असोज २०७५

आजको राशिफल

वि.सं.२०७५ साल असोज ३० गते । मंगलबार । ईश्वी सन् २०१८ अक्टोबर १६ तारिख । नेपाल सम्बत् ११३८ । विरोधकृत् संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४० । आष्विन शुक्ल पक्ष । तिथि सप्तमी,११ घडी ०८ पला,बिहान १० बजेर ३२ मिनेट उप्रान्त अष्टमी । नक्षत्र  पूर्वाषाडा,३३ घडी ४८ पला,बेलुकी ०७ बजेर ३६ मिनेट उप्रान्त उत्तरषाडा । योग अतिगण्ड,१० घडि २३ पला,बिहान १० बजेर १४ मिनेट उप्रान्त सुकर्मा । करण वणिज,बिहान १० बजेर ३२ मिनेट उप्रान्त भद्रा,बेलुकी ११ बजेर ५७ मिनेट उप्रान्त बव । आनन्दादिमा मित्र योग । चन्द्रराशि  धनु । 

 

काठमाडौंमा सूर्योदय ०६ बजेर ०५ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ३३ मिनेट । दिनमान २८ घडी ४० पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) साथिभाई तथा आफन्तको सहयोगले राम्रा काम गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जाने तथा धर्म तथा सस्कृति सँग सम्बन्धित सामानको कारोबार फस्टाएर जानेछ । अध्ययनमा सुधार हुने तथा शिक्षा सँग सम्बन्धित कामहरु समयमा नै सम्पन्न हुनेछन् । माया प्रेमको डोरो कसिलो भएर जानेछ । प्रशासन तथा सेवा सम्बन्धित कामहरु समयमा नै सम्पन्न हुने हुदा मन प्रशन्न रहनेछन् ।

 

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यापार ब्याबसायमा आजको दिन लगानि नगर्नुनै राम्रो हुनेछ । बैक तथा बित्तिय सस्थामा गरिएको लगानि बाट सन्तोषजनक नाँफा हुनेछ । स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जानेछ । बिद्यामा सफलता पाउँन मेहनेत गर्नुपर्ला । दिदि बहिनि बाट सहयोगको आश्वासन मात्र प्राप्त हुनेछ । भौतिक सम्पति तथा रुपैया पैसा हराउन तथा लुटिन सक्छ ध्यान दिनुहोला । भ्रष्टचार सम्बन्धि मुद्धा मामिला आई लाग्न सक्छ काम गर्दा ध्यान दिनु जरुरि देखिन्छ ।

 

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) ईमान्दारिता पुर्वक गरिएको प्रयत्नले लक्ष्य पहिल्याउँन सहज हुनेछ । सांगठनिक टिम निर्माण गरि काम गर्दा भनेजस्तो आम्दानि गर्न सकिनेछ भने बिभिन्न भौतिक सम्पतिहरु जोड्न सकिनेछ । व्यापार व्यावसायमा देखिएका असहज परिबेसलाई भत्काउँदै थप लगानि गरि बिलाशि बस्तुहरुको उपभोग गर्न पाईनेछ । पढाई लेखाईमा भनेजस्तो सफलता हात लाग्ने हुँदा  आफु तथा शुभचिन्तकहरु खुसि रहनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) व्यापार व्यावसाय फस्टाएर जानेछ भने थोरै मेहनेतले प्रशस्त लाभ लिन सकिनेछ । बादबिवाद तथा प्रतिश्पर्धामा तपाईकै जित हुँने तथा सत्रु परास्त हुँनेछन् । न्यायलयबाट हुँने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुँनेछन् । प्रेममा सामिप्यता बढेर जानेछ । पुरानो रोग तथा स्वास्थ्य सम्बन्धि समस्या हल भएर जानेछ । बिद्यामा गरेको लगानिबाट राम्रै प्रतिफल पाईने योग रहेकोछ ।  

 

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) बौद्धिकताको लडाईमा तपाईकै नाम उच्च स्थानमा आउँने हुनालेमन प्रशन्न हुनेछ । शिक्षा तथा शेयर बजारमा गरिएको लगानिबाट भनेजस्तो प्रतिफल प्राप्त हुँने हुनालेदैनिकी सहज हुनेछ । अध्ययनमा मन जाने हुनालेनतिजाको अपेक्षा गर्न सकिनेछ । आकस्मिक धन तथा सम्पति लाभ हुनेछ भने उपाहार पाईने तथा चिठ्ठा प्राप्तिको प्रशस्त सम्भावना रहेकोछ । मनग्गे धन आर्जन गर्न सकिने हुनालेईच्छित कामनाहरु पुरा हुँनेछन् ।

 

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) सामाजिक पद पतिष्ठा प्राप्त भएपनि भनेको समयमा काम गर्न नसक्दा आलोचना खेप्नुपर्नेछ । पढाई लेखाईमा समय दिएपनि चाहेजस्तो सफलता प्राप्त नहुँदा मन खिन्न हुनेछ । आमा वा आमा सरहका मानिसबाट टाडिएर लामो दुरिको यात्रा हुँने अत्याधिक सम्भावना रहेकोछ । कृषि शहकारि व्यावसायलाई नयाँ तरिकाले बिस्तार गरि मनग्गे लाभ लिन सकिनेछ भने अन्य व्यावसाय मन्दी आउँनेछ ।

 

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) न्यायिक निर्णय तथा कानुनि फैसलाहरु तपाईकै पक्षमा आउँनेछन् । पढाई लेखाईमा मन जाने हुनालेअरुलाई किनारा लगाउँदै नतिजा सुरक्षित रहनेछ । भाग्यले साथ दिने हुनालेथोरै लगानिबाट मनग्गे आम्दानि गर्न सकिनेछ । दाजुभाई तथा आफन्तसँगको सम्बन्धमा सुमधुरता बढेर जानेछ भने माया प्रेमको डोरो कसिलो भएर जानेछ । आन्तरिक व्यावसायिक यात्राको प्रसस्त सम्भावना रहेकोछ भने सकारात्मक उपलब्धि हात लाग्नेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) समयले साथ दिने हुनालेथोरै लगानिबाट भनेजस्तो आम्दानि गर्न सकिनेछ भने दैनिकि सुधार भएर जानेछ । व्यापारमा लगानि गरि मनग्गे लाभ लिन सकिनेछ । आफन्त तथा सहयोगिको साथ पाईने हुनालेजस्तोसुकै परिस्थितिहरुको पनि सामना गर्न सहज बाताबरण बनेर जानेछ । पढाई लेखाईमा थोरै समय दिदा पनि नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ । प्रेम प्रशङगमा रमाउँन चाहनेहरुका लागि लामो समय सँगै बसेर भलाकुसारि गर्ने अवसर प्राप्त हुनेछ ।

 

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भ) सामाजिक काम गरि नाम तथा दाम कमाउँन सकिनेछ भने समाजमा सम्मानित हुँने योग रहेकोछ । पढन पाढनमा मन जाने हुनालेस्कुल तथा कलेजमा तपाईको नाम अग्र स्थानमा आउँनेछ ।  शुभ समाचारले मनमा थप उत्साह जगाउँनेछ भने नयाँ काम थालनि गर्दा भबिश्यमा मनग्गे धन लाभ लिन सकिनेछ । प्रेममा रमाउँन चाहनेहरुले भरपुर रमाईलो गर्न सक्नेछन् । पारिवारिक माहोलमा जमघट भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

 

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) लामो दुरिको बैदेशिक यात्राको तय हुनेछ भने बिदेशि सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्या देखापर्न सक्ने तथा उपचार खर्च बढ्ने योग रहेको छ । अनाबस्यक खर्च बढ्ने हुँदा दैनिक खर्च बढेर जानेछ । न्यून पारिश्रमिकमा दिनभर समय ब्यातित गर्नुपर्दा अन्य काममा समय दिन सकिनेछैन । अल्छि गर्नेबानिले कामहरु बिग्रन सक्छ । माया प्रेममा मनमुटाव सिर्जना हुनेछ ।

 

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) साथिभाई तथा नाता गोताबाट सहयोग पाईने हुनाले हरेक क्षेत्रमा अगाडि बढ्न सकिनेछ । हुनालेभौतिक सम्पति तथा सवारि साधन जोड्न सकिनेछ । माया प्रेममा आत्मियता बढ्नेछ भने पति पत्निबिच मायाको डोरो कसिलो भएर जानेछ । पैत्रिक धन तथा सरकारि सम्पति प्रयोग गरि आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । बिद्या तथा प्रतिष्पर्धामा प्रतिष्पर्धिहरुलाई किनारा लगाउँदै नतिजा आफैतिर ल्याउँन सकिनेछ ।

 

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) क्षमता प्रयोग गरि अरुलाई सजिलै प्रभावमा पारेर कामहरु लिन सकिनेछ । नयाँ व्यावसाय थालनि गर्न सकिने तथा भनेजस्तो आम्दानि गर्न सकिनेछ । पढाई लेखाईमा प्रतिष्पर्धिहरु आफै किनारा लाग्ने तथा सफलताको सिडि चड्न सकिनेछ । राजनिति गर्नेहरुले सर्वसाधारणको मत पाउँने हुँदा सामाजिक पद पाउँने ग्रहयोग रहेकोछ । प्रेममा रमाउँन चाहनेहरुले एक अर्कालाई बिश्वास गर्दै अगाडि बढ्ने समय रहेकोछ ।

तपाईको दिन शुभ रहोस् । 

यूवा ज्योतिषि डिपि भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र

काठमाडौं फोन न.९८०८३०७२७५

नोट  चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन तथा बास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप