बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादी वैठक सकियो, भए यस्ता निर्णय

शनिबार, ०७ साउन २०७४, १५ : ५०
शनिबार, ०७ साउन २०७४

काठमाडौं– काठमाडौं–पहिलो र दोस्रो चरणको स्थानीय तहको चुनावमा अन्तर्घात गरेका पार्टीका नेता–कार्यकर्तामाथि माओवादीले कारवाही गर्ने भएको छ । पार्टी केन्द्रीय सचिवालयको विस्तारिक वैठकमा बोल्दै प्रचण्डले यस्तो जानकारी दिएका छन् । 

‘वागी उम्मेदवार हुने, अन्तर्घात गर्ने र अर्को पार्टीको पैसा खाने कारवाही गरिन्छ । ६ वटै प्रदेशमा तीन–तीन सदस्यीय कार्यदल बनाएर उनीहरुमाथि छानविन हुन्छ । दोषी पाइए कारवाही हुन्छ ।’ प्रचण्डले भने । विभिन्न जिल्लाबाट अन्तर्घातका उजुरी आएपछि माओवादी दोषीमाथि कारवाही गर्न कार्यदल बनाउने निर्णय गरेको हो । 
माओवादी वैठकले २ नम्वर प्रदेशको चुनावी तयारीका लागि साउन १० गते अगुवा कार्यकर्ता भेला गर्ने निर्णय गरेको छ । 
त्यसबाहेक राम्रो जित भएका जिल्लामा त्यहाँका मतदाताहरुलाई संगठनमा ढाल्न पनि जोड दिने माओवादी निर्णय छ । 
वैठकमा प्रचण्डले अवको चुनावमा संघीयता विरोधी र गणतन्त्र विरोधीसँग तालमेल नहुँने बताएका छन् । 

यसबाहेक माओवादीले संघीय चुनावको प्रतिबद्धता पत्रको मस्यौदा बनाउन नारायणकाजी श्रेष्ठ प्रकाशको संयोजकत्वमा समिति बनाएको छ । यसबाहेक प्रदेश सभाको चुनावका लागि उम्मेदवार छनौटका लागि रामबहादुर थापा बादलको संयोजकत्वमा समिति बनाएको छ । 
माओवादीले साउन २० देखि २२ गतेसम्म पार्टीका तर्फबाट निर्वाचित प्रतिनीधिहरुको भेला गर्ने निर्णय गरेको छ । 

एमालेमाथि प्रचण्डको हमला: एमाले झन् ‘कन्जरभेटिभ’ पार्टी भयो

 

प्रचण्डले एमालेले बृद्ध भत्ता मात्र बेचेको भन्दै माअ‍ोवादी नेतृत्वको सरकारले गरेका काम अव घरदैलोसम्म पुर्राउनु पर्ने बताए । उनले आफ्नो नेतृत्व सरकारले संविधान कार्यन्वयनमा खेलेको भूमिका, राष्ट्रिय एकतामा खेलेको भूमिका, सन्तुलिन विदेश नीति, आर्थिक बृद्धिदरलगयातका विषय लिएर जनताकहाँ जान नेताहरुलाई निर्देशन दिए । 
त्यसैबीच प्रचण्डले ७ सालदेखि ०७४ सम्म पाँच बर्ष चल्ने सरकार बन्न नसकेको अबस्था रहेको भन्दै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखका लागि माहौल बनाउनुपर्ने बताए ।उनले यसका लागि अन्य पार्टीसँग पनि छलफल गर्ने र संविधान संसोधनको वातवरण बनाउने बताए । 

यसबाहेक वैठकमा प्रचण्डले आग्रह र पूर्वाग्रहभन्दा माथि उठेर मोहन वैद्य, डा.बाबुराम भट्टराई र विप्लवसँग पनि एकताका लागि अपिल गर्ने बताए । केही दिन अगाडि सकिएको वेद्य माअ‍ोवादीको वैठकले पनि एकताका लागि बाटो खुला राखेको छ । 
चुनावी समीक्षा र भावी रणनीतिका लागि भन्दै माओवादीले साउन २ गतेदेखि केन्द्री सचिवालय सदस्य र जिल्ला इन्चार्जहरुको संयुक्त वैठक बोलाएको थियो । वैठक शनिवार सकिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप