बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

विष्फोटक सामग्री बरामद

मङ्गलबार, ३० असोज २०७५, ०७ : ३४
मङ्गलबार, ३० असोज २०७५

इनरुवा - चाडपर्व नजिकिएसँगै सुनसरीमा भारतीय बजारबाट विष्फोटक सामग्री भित्रिने क्रम शुरु भएको छ । खुल्ला सीमाका कारण तस्करहबाट अवैध रुपमा विष्फोटक सामग्री भित्र्याउने क्रम बढेसँगै प्रहरीले सुनसरीको हरिनगर गाउँपालिका सिसुवा धर्मपुरबाट ठूलो परिणाममा विष्फोटक सामान बरामद गरेर सोमबार सार्वजनिक ग¥यो । 

सुनसरी जिल्ला प्रहरी कार्यालयले सदरमुकाम आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त स्थानबाट नागीन पट्टका करीब छ बण्डल र झिरझिरे करीब १०० प्याकेट बरामद गरिएको प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए । भारतीय बजारबाट अवैध रुपमा नेपालतर्फ विष्फोटक पदार्थ ल्याइरहेका व्यक्ति प्रहरीलाई देखेपछि ती सामान छोडेर भागेको उनको भनाइ थियो । 

बैकिङ कसुरमा पक्राउ 

यसैबीच प्रहरीले बैकिङ कसुरमा सुनसरी देवानगञ्ज गाउँपालिका–७ घर भई हाल काठमाडौँ नगार्जुन नगरपालिका–४ बस्ने मिथिलेशकुमार बर्मालाई पक्राउ गरेर सोमबार सार्वजनिक गरेको छ । 

प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद फुयाँलका अनुसार बर्माले विराटनगर उपमहानगरपालिका–४ का नरेशकुमार साहलाई सनराइज बैंकको १३ लाख ८५ हजारको चेक दिएको र सो चेक बाउन्स रहेको कसुरमा नगार्जुन–४ बाट उनलाई पक्राउ गरी अनुसन्धान थालिएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप