बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

के खाशोज्जीबारे केही थाहा छैन साउदीका राजा सलमानलाई ?

मङ्गलबार, ३० असोज २०७५, ०८ : १५
मङ्गलबार, ३० असोज २०७५

बीबीसी

विगत दुई सातादेखि हराइरहेका पत्रकार जमाल खशोज्जीको मामलामा एउटा नयाँ मोड आएको छ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विदेशमन्त्री माइक पोम्पियोलाई साउदीका राजा सलमानसँग कुरा गर्नका लागि साउदी अरब पठाएको जानकारी दिएका छन् ।

ट्रम्पले एक बयानमा राजा सलमानलाई खशोज्जीबारे केही थाहा नभएको बताएका छन् । मंगलबार उनले ट्वीटमा भने, ‘शाह सलमानलाई यसबारे कुनै जानकारी छैन । मैले कुराकानीका लागि माइक पोम्पियोलाई तुरुन्त साउदी अरब पठाएको छु ।’

उनले थपे, ‘माइक पोम्पियो एक घण्टाभित्र साउदी अरबका लागि प्रस्थान गर्दैछन् । वास्तविकता के हो, त्यसको खोजीका लागि हरसम्भव प्रयास गर्नेछौं ।’

‘शाह सलमानले यसबारे कुनै जानकारी नभएको बताएका छन् । उनलाई साँच्चिकै यो विषयमा थाहा नहोला अथाव.... । उनको दिमागमा के चलिरहेको छ, मलाई थाहा छैन,’ उनले भने ।

‘तर कुनै बदमाश अपराधीले जमाल खाशोज्जीको हत्या गरेको पनि हुनसक्छ । हामी हरेक पाटोबाट घटनाको अनुसन्धान गरिरहेका छौं र निष्कर्षमा पुगेरै छाड्छौं ।’

साउदी सरकारको आलोचकका रुपमा परिचित पत्रकार जमाल खाशोज्जी दुई अक्टोबरमा इस्तान्बुलस्थित साउदी अरबको वाणिज्य दूतावास गएका थिए जहाँबाट उनी फर्केर आएनन् ।

टर्कीका अनुसन्धान टोलीले उनको दूतावासभित्रै हत्या गरेर शव लुकाइएको आरोप लगाएका छन् । साउदी अरबले अहिलेसम्म सबै आरोपलाई अस्विकार गर्दै आएको छ ।

अमेरिकी मिडियामा सार्वजनिक भइरहेको अपुष्ट खबरका अनुसार सोधपुछको     क्रममा खाशोज्जीलाई अपहरण गर्ने योजना भएपनि शोधपुछको क्रममा अकस्मात मृत्यु भएको कुरालाई स्विकार गर्न साउदी अरब तयार भएको छ ।

के एप्पल वाचमा रेकर्ड भएको थियो साउदी पत्रकार खाशोज्जीको हत्या ?

यता टर्कीले आफ्ना अधिकारीले साउदी दूतावासको खोजतलाशी गरिरहेको जानकारी दिएको छ ।

तर इस्तानबुलमा भएका पत्रकारका अनुसार अनुसन्धान अधिकारी दूतावासमा पुग्नुअघि उनीहरुले सफा गर्ने कर्मचारी भवनभित्र प्रवेश गरेको देखेका छन् ।

युरोपेली संघकी विदेश नीति प्रमुख फेडेरिका मोघेरिनीले यूरोपलाई आफ्नो सबै प्रश्नको जवाफ चाहिएको बताएकी छिन् ।

ट्रम्पको चेतावनीः पत्रकार बेपत्ता पार्ने साउदीलाई कडा सजायँ दिनेछौं

उनले भने, ‘हामी पारदर्शिताको आशा गर्दछौं र यो कुरामा सबै देश एकमत छन् । हामी चाहन्छौं कि साउदी र टर्की अधिकारी मामलाको संयुक्त अनुसन्धान गरुन् ।’

साउदी अधिकारीद्वारा टर्की पुगेर पत्रकारको हत्या ! महावाणिज्य दूतावासबाहिर प्रेमिका थिइन् पर्खाइमा

‘हामी अमेरिकासमेत आफ्ना सबै मित्रको संदेशसँग सहमत छौं । मलाई लाग्छ कि यो मामलामा अमेरिका र हाम्रो सोच एउटै छ ।’

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप