शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मिटूः साजिदबारे दिया मिर्जाले भनिन्, ‘उनी घटिया हुन्’

मङ्गलबार, ३० असोज २०७५, ०९ : ०३
मङ्गलबार, ३० असोज २०७५

बलिउड फिल्मनिर्माता साजिद खानमाथि अहिलेसम्म थुप्रै महिलाले यौन उत्पीडनको आरोप लगाइसकेका छन् । आरोपपछि साजिदलाई फिल्म हाउसफूल–४ बाट निर्देशकको रुपमा हटाइयो । साजिद खानको फिल्म ‘हे बेबी’ मा गेस्ट अपियरेन्स दिने बलिउड नायिका दिया मिर्जाले इन्डिया टुडेसँग साजिद खानबारे खुलेर कुराकारी गरेकी छिन् ।

दियाले साजिद खानलाई घटिया बताएकी छिन् । उनले भनिन्, ‘म निकै आहात छु । म मान्छु कि साजिद खराब व्यक्ति हुन् । निकै सेक्सिस्ट र घटिया । मेरा लागि पनि यी मामलाका विस्तृत जानकारी निकै चकित पारिदिने किसिमको छ । म सधैं यस्ता मानिसहरुलाई पहिले नै चिन्छु । मैले काम गर्ने स्थानमा पनि यस्ता मानिससँग सम्बन्ध स्थापित गरेर समय बर्बाद गरेकी छैन ।’

उनी थप्छिन्, ‘उनले कुनै महिलालाई यतिसम्मको व्यवहार गर्न सक्लान् भनेर मैले सोचेकै थिइनँ । पीडित महिलालाई कस्तो भइरहेको होला, त्यो म राम्रोसँग बुझ्न सक्छु ।’

ममाथि कहिले पनि यस्तो भएनँः

दियाले आफू कहिले पनि यौन उत्पीडनको शिकार नभएको बताएकी छिन् । उनका अनुसार तर जब उनी मानिसहरुको खराब मनसायलाई बुझ्न थालिन् र उनीहरुको हिसाबले चल्न अस्विकार गरिन् तब तिनीहरुले उनीसँग कुरा गर्न छोडेका थिए ।

स्मरण रहोस्, फिल्म निर्माता निर्देशक साजिद खानमाथि नायिका सलोनी चोपडाले संगीन आरोप लगाएकी छिन् । त्यसपछि फिल्म उंगलीकी नायिकाले साजिदले आफूमाथि दुर्व्यवहार गरेको र आफ्नो छातीलाई छुने कोसिस गरेको भन्दै आरोप लगाएइन् । त्यसपछि एक पत्रकार र अन्य एक नायिकाले साजिदमाथि यौन दुर्व्यवहारको आरोप लगाएकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप