शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकी प्रदेश सरकारले आवासीय विद्यालय सञ्चालन गर्ने

मङ्गलबार, ३० असोज २०७५, १० : ०८
मङ्गलबार, ३० असोज २०७५

म्याग्दी– गण्डकी प्रदेश सरकारले आवासीय विद्यालय सञ्चालन गर्ने भएको छ ।
 प्रदेशको सामाजिक विकास मन्त्रालयले भौगोलिक रुपमा विकट र कम विद्यार्थी भएका सामुदायिक विद्यालयलाई आवासीय बनाउने तयारी गरेको हो । 

बेनीमा सोमबार पत्रकारसँगको भेटघाटमा मन्त्री नरदेवी पुनले आवासीय विद्यालय सञ्चालनका लागि चालू आर्थिक वर्षमा रु दुई करोड बजेट विनियोजन गरिएको जानकारी दिइन् । 
 आवासीय विद्यालयको मापदण्ड तयार पारेर चालू आर्थिक वर्षमै हिमाली जिल्ला मनाङ र मुस्ताङबाट कार्यक्रम कार्यान्वयन गरिने बताउँदै उनले यसबाट दरबन्दी अनुसारका शिक्षक अभावको समस्या समाधान हुनाकासाथै गुणस्तर सुधारमा पनि सहयोग पुग्ने बताइन् । 

रोजगार र सीपमूलक तालीम, प्रतिष्ठानहरुलाई एकीकृत, प्राविधिक महाविद्यालय सञ्चालनको तयारी गरेको प्रदेश सरकारले भौतिकसँगै मानवीय विकासमा पनि उत्तिकै जोड दिएको मन्त्री पुनले बताइन् । 
बेनी–दरवाङ–ढोरपाटन सडकलाई दुई जिल्ला जोड्ने राजमार्ग बनाउन पहल गरिएको र त्रिवेणी–कोरला सडकलाई प्राथमिकतामा राखिएको उनले जानकारी दिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप