शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पोल गाड्ने क्रममा करेन्ट लागेर एकको मृत्यु

शनिबार, ०७ साउन २०७४, १५ : ५८
शनिबार, ०७ साउन २०७४


फलेवास - विद्युत्को पोल परिवर्तन गर्ने क्रममा करेन्ट लागेर पर्वतमा एक जनाको मृत्यु भएको छ । 

पर्वतको कुश्मा नगरपालिका– १ का खगराज केसीको शनिबार बिहान पोल परिर्वतन गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो । पर्वतको मोदी गाउँपालिका– ३ जयले गाउँमा काठको ठाउँमा फलामे पोलमा तार टाग्ने क्रममा अकस्मात विद्युत् प्रवाह हुँदा केसीको घटनास्थलमा नै मृत्यु भएको स्थानीयवासी एकनाथ सुवेदीले जानकारी दिनुभयो । 

गाउँमा चार दिनदेखि विद्युत् अवरुद्ध रहेको थियो । विद्युत् अवरुद्ध भएका बेला जानकारी दिएरै पोलमा चढेको भए पनि अकस्मात विद्युत् प्रर्वाह गरिदिएका कारण केसीको मृत्यु भएकोे हो । नेपाल विद्युत् प्राधिकरण पर्वत वितरण केन्द्रको लापर्बाही भएको आरोप मृतकका आफन्तले लगाएका छन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप