शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

माझी समुदायसँग काँग्रेस नेता भण्डारीको फरक शैलीको दशैं

मङ्गलबार, ३० असोज २०७५, १६ : १७
मङ्गलबार, ३० असोज २०७५

काठमाडौं–दशैंको मुखमा नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी २ हजार विद्यार्थीका लागि स्वेटर र स्टेशनरी सामान जुटाउने चटारोमा थिए । 

काठमाडौंका स्थायी बसोबास भएका नेता भण्डारी अहिले माझी र बोटे समुदायसँग दशैं मनाउन गृहजिल्ला गुल्मी पुगेका छन् ।  

आफ्नो निर्वाचन क्षेत्रमा पिछडिएको समुदायको रुपमा रहेका माझी, बोटे बस्तीमा उनले विगत ३ वर्षदेखि दशै मनाउँदै आएका छन् । 

उनले हरेक बर्ष माझी प्राविमा टीका लगाउने गरेका छन् । उनले त्यहाँ सामूहिक रुपमा टीका मात्र लगाँउदैनन् माझी तथा बोटे बालबालिकाहरुलाई स्वेटर, ट्रयाकसुट तथा स्टेशनरी सामान कलम कापी पनि वितरण गर्दै आएका छन् । दशैका बेला बालबालिकालाई न्यानो स्वेटर र स्टेशनरी सामान दिएर खुसी साट्न लागेको उनले बताए । 

उनले विगतका वर्षमा जस्तै यसबर्षपनि ६ स्कूलमा स्टेशनरी सामान तथा स्वेटर वितरण गर्दै छन् । 

गुल्मीको लक्ष्मी निमावी बम्घा, आरीपाटा प्रावि, उर्लीखोला, बालविकास केन्द्र मझुवा, झेर्दी निमावी, कडेँल मावि पुलकामुख र माझी प्रावि गरी ६ ठाँउका  बिद्यार्थीलाई स्वेटर र स्टेशनरी सामान वितरण गर्न लागेका हुन् ।

७० विद्यार्थीका लागि भने ट्रयाक सुट तयार पारेका छन् । यस्तै ६ सय हाराहारी बोटे तथा माझी महिलाहरुलाई धोती, लुङगी वितरण गर्ने उनले बताए ।

 संसदमा रहँदा आफ्नो तलब यही काममा लागि लगाएपनि अहिले सांसद नभएपनि आफ्नो ब्यक्तिगत खर्च र साथीभाईको सहयोगमा यो काम गरिरहेको उनी बताँउछन् । 

माझी र बोटे समुदायका बालबालिका पहिले बिद्यालय जाने चलन नभएपनि अहिले सबै अध्ययनमा लागेका छन् । उनीहरुको जीवनस्तरमा अहिले प्रगति भइरहेको उनले सुनाए । 

अघिल्लो बर्षसम्म जनता आवास कार्यक्रम अन्र्तगत माझी, बोटे र कुमाल समुदायका लागि १ सय १५ घर निर्माणमा सघाएको बताउँदै सुखदुख साट्दै उनीहरुसँगै दशै मनाँउदा आफूलाई सन्तुष्टि मिल्ने उनले बताए । 

नेता भण्डारीले आफ्नो  राष्ट्रनिर्माणमा विश्वव्यापीकरणको प्रभाव शीर्षकको पिएचडी पनि माझी, बोटे र कुमाल जातीमा आधारित रहेर गरेका थिए । 

टीकाको दिन उनी माझी बोटे समुदायका जेष्ट नागरिकबाट टिका थाप्ने र आफूभन्दा सानालाई टिका लगाइदिन्छन् । ठूलालाई १ सय र सानालाई ५० रुपैयाँ दक्षिणाको व्यवस्था पनि उनले गरेका छन् । उनी भन्छन्–‘दशैमा मेरो पहिलो प्राथमिकता भनेको परिवार भन्दा उनीहरु हुन्, उनीहरुको खुसीमा रमाउन चाहन्छु ।’

उनले काठमाडौंमा स्टेशनरी सामान, स्वेटर तथा ट्रयाकसुट किनेर तयार पारेका थिए । यस्तै बुटवलमा पनि महिलाहरुका लागि कपडा किनेर तयार पारेका थिए । काठमाठौं र बुटवलको समान मिसाँउदा एक ट्रक समान हुने र टीकाको दिनसम्म सबै ठाँउमा पुगेर वितरण गर्ने उनको योजना छ ।  

दशैंको टीकाको दिनसम्म गुल्मीमा उनीहरुसँगै दशैं मनाएर टीकाको दिन साँझ काठमाडौ आएर परिवारसँग टीका लगाउने उनको योजना रहेको छ । 

अहिले देश परिवर्तन भएपनि सीमान्तकृत समुदायका लागि ठोस काम नभएकोमा आफ्नो गुनासो रहेको उनले सुनाए । उनले भने–‘अहिले देश परिवर्तन भएको छ, सीमान्तकृत समुदायका लागि नाममा खाने काम मात्र भयो । राज्यले तिनीहरुका लागि प्राथमिकता दिनुपर्छ कि पर्दैन ?’

कांग्रेस नेता भण्डारी गुल्मी क्षेत्र नंबर २ मा अघिल्लो बर्ष भएको चुनावमा नेकपाका नेता प्रदीप ज्ञवालीसँग पराजित भएका थिए । २०७० मा भने उनले नेता ज्ञवालीलाई पराजित गरेका थिए । 

भिडियो 


 

दशैँबारे यी सामाग्रीहरु पनि पढ्नुहोस्

दशैंमा सबैभन्दा भिन्न र सुन्दर देखिन चाहनुहुन्छ ? मेकअप आर्टिस्टका यी टिप्स अपनाउनुस्

बैंकर्सको दशैँ, कसको कस्तो ?

दशैंमा लामो दूरीको यात्रा गर्दै हुनुहुन्छ ? ट्राफिक इन्सपेक्टर हाछेथुको यस्ता छन् २५ टिप्स

दशैं बिदाको दिनपनि बैंक खुला रहने, कुन बैंकको कुन शाखाले कतिबजेसम्म सेवा दिन्छन् ? (विवरणसहित)

प्रहरी प्रमुखको दशैँ : ‘मोबाइल अफ गरेर पढ्न पाए हुन्थ्यो’

इन्टरपोलको रेड नोटिस : ३३ किलो सुन तस्करदेखि दरबारमार्गका बलात्कारीसम्म (सूचीसहित)

मनोज पण्डितको नजरमा दशैंको फुर्सदमा हेर्नैपर्ने फिल्म

बागलुङ कालिका भगवतीबारे रोचक किम्बदन्ती

 

मुस्लिम सांसद अतहर कमाललाई दशैँ चटारो 

अनाैंठो जनविश्वास रहेको छिन्नमस्ता भगवतीको मन्दिर : दशैंमा दर्शन गर्न जाँदै हुनुहुन्छ ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप