बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

दशैंको खुशियालीमा सेनाले टुँडिखेलमा यसरी गर्यो फूलपाती बढाइँ, १७ तस्बिरमा हेर्नुहोस्

मङ्गलबार, ३० असोज २०७५, १९ : ३३
मङ्गलबार, ३० असोज २०७५

काठमाडौं–हिन्दू नेपालीको मुख्य चाड बडादसैंको खुशियालीमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाईँ गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीलाई सलामी अर्पण गरेर सुरु भएको बढाईँमा सैनिकहरुले राइफलबाट छिटो लहरे बढाईँ, बेग्लाबेग्लै एकठ्ठा बढाईँ र एकठ्ठा बढाईँ गरेका हुन् । सोक्रममा नेपाली सेनाकोे चिन्ह षट्कोण तथा राष्ट्रिय झण्डाको आकृतिसमेत प्रदर्शन गरिएको थियो ।

समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीगण, सरकारका उच्चपदस्थ कर्मचारी, सुरक्षा निकायका प्रमुख र नेपालस्थित कूटनीतिक नियोगका प्रमुख र सैनिक सहचारी उपस्थित थिए । 
नेपाली सेनाले हरेक वर्ष बडादसैंको सप्तमी अर्थात् फूलपातीको दिन बढाईँ गर्दै आएको छ । पृथ्वीनारायण शाहले काठमाडौं उपत्यकामा विजय प्राप्त गरेदेखि फूलपाती बढाइँ गर्ने परम्परा सुरु भएको मानिन्छ । 

 

राससले खिचेका थप तस्बिर हेर्नुहाेस्

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप