बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

राजकुमार ह्यारीले गर्भवती श्रीमती मेगनका लागि छोडे अतिप्रिय वस्तु

बुधबार, ३१ असोज २०७५, ११ : ४३
बुधबार, ३१ असोज २०७५

राजकुमार ह्यारीले गत तीन महिनामा रक्सीलाई हातसमेत लगाएका छैनन् । उनले गर्भवती श्रीमती मगन मर्कललाई समर्थन गर्नका लागि यस्तो गरेको बताइएको छ ।

३४ वर्षे ह्यारीलाई पार्टी गर्न निकै मनपर्छ तर ३७ वर्षीया श्रीमती डचेज अफ ससेक्स गर्भवती भएपछि उनी कुनै पार्टीमा समेत सरिक भएका छैनन् ।

सोमबार केन्सिङ्टन प्यालेसले मेगन मर्कल गर्भवती भएको खबर सार्वजनिक गरेको थियो ।

द सनलाई राजपरिवारको स्रोतले बताए अनुसार मेगन गर्भावस्थामा मादक पदार्थ सेवन गर्न सक्दिनन् त्यसकारण ह्यारीले उनको समर्थन गरिरहेका छन् ।

‘जब उनीहरु लण्डनमा थिए ह्यारी र मेगनले धेरै समय सँगै बिताए । त्यहाँ ह्यारीले साथीलाई भेट्ने, रक्सी खानेलगायतका कामहरु गरेनन् ।’

एकपटक मेगनले आफूलाई मादक पदार्थ निकै मनपर्ने बताएकी थिइन् ।

सन् २०१५ मा उनले भनेकी थिइन्, ‘पक्कै पनि म एक ग्लास वाइन खानेछु । यो मलाई निकै मनपर्छ र म यसमा रमाउँछु पनि ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप