बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

धनुषामा फेरि अर्को बलात्कारको घटना सार्वजनिक

बुधबार, ३१ असोज २०७५, १३ : ४७
बुधबार, ३१ असोज २०७५

जनकपुर–धनुषामा फेरि एक बलात्कार घटना सार्वजनिक भएको छ ।

एक साताअघि धनुषाको औरही गाउँपालिका वडा नम्बर २ मा १० वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटना सेलाउन नपाउदै फेरि १३ वर्षीया बालिका बलात्कृत भएको घटना सार्वजनिक भएको हो ।

धनुषाको विदेह नगरपालिकाकी १३ वर्षीया बालिका बलात्कृत भएकी हुन् ।

बालत्कार गरेको आरोपमा प्रहरीले विदेह नगरपालिका ७ बस्ने ६५ वर्षीय जागेश्वर ठाकुरलाई प्रहरीले पक्राउ गरेको छ । बालिकालाई पैसाको प्रलोभनमा पारेर वृद्ध ठाकुरले गत सोमबार साँझ बलात्कार गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप