शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चितवन दुर्घटना अपडेट : ३ जनाको मृत्यु, ४ जनाको उपचार हुँदै

बुधबार, ३१ असोज २०७५, १५ : ०३
बुधबार, ३१ असोज २०७५

काठमाडौं ।
चितवनको कुरिनटारमा बुधबार अपरान्ह भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ ।

ट्राफिक प्रहरी कार्यालय चितवनका इन्सपेक्टर वेदप्रसाद गौतमका अनुसार कुरिनटारमा भएको दुर्घटनामा घाइते भएका ७ जनामध्ये ३ जनाको मृत्यु भएको हो । बाँकी ४ जनाको धादिङको गजुरी तथा चितवनको भरतपुरस्थित सिएमसी अस्पतालमा उपचार भइरहेको छ । 

चितवनबाट काठमाडौं आउँदै गरेको बा.१.घ ५६५ नम्बरको दुधको ट्याङ्करले कुरिनटारमा रोकिराखेको ग.२.च. १७५१ नम्बरको मारुती भ्यानलाई ठक्कर दिँदा ३ जनाको मृत्यु भएको हो । दुर्घटना अपरान्ह साँढे १२ बजे भएको थियो ।

मृत्यु हुनेहरुको सनाखत भइनसकेकाले मृत्यु हुनेहरु भ्यानमा सवार थिए कि ट्याङ्करमा भन्ने अझै खुलेको छैन । 

पोखराबाट धादिङतर्फ जाँदै गरेको मारुती भ्यानलाई कुरिनटारमा रोकिराखेको अवस्थामा ट्याङ्करले ठक्कर दिएको हो । ठक्कर दिएपछि ट्याङ्कर २० मिटर तल झरेको छ भने मारुती भ्यान सडकमै रहेको छ । मारुती भ्यानलाई ओभरटेक गर्ने क्रममा उक्त दुर्घटना भएको चितवन ट्राफिकले बताएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप