बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

स्वयम्भुमा मोटरसाइकलको ठक्करले ५५ वर्षे पैदल यात्रुको मृत्यु

बिहीबार, ०१ कात्तिक २०७५, १२ : ४४
बिहीबार, ०१ कात्तिक २०७५

काठमाडौं । काठमाडौं महानगरपालिका १५ स्वयम्भु ठूलोभर्यारङमा मोटरसाइकलको ठक्करले पैदल यात्रुको मृत्यु भएको छ । 

बिहिबार बा.२६ प ३७०७ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा गम्भीर घाइते भएका पैदलयात्री काठमाडौं स्वयम्भू सानोभर्याङ बस्ने सिन्धुपाल्चोक जुगल गाउँपालिक-७ का ५५ वर्षीय वीरबहादुर तामाङको मृत्यु भएको थियो ।

उनलाई उपचारका लागि स्वयम्भूस्थित मनमोहन अस्पताल पुर्याइएको थियो । 

ठक्कर दिने मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप