टिकाको दिन अर्थात (भोलि) यस्तो छ प्रधानमन्त्री ओलीको कार्यक्रम
काठमाडौं । भोलि अर्थात असोज २ गते विजया दशमी । आफूभन्दा ठूलाको हातबाट टिका ग्रहण गर्ने दिन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पिता मोहनप्रसाद ओलीको हातबाट ९ः४५ बजेदेखि १० बजेसम्म टिका ग्रहण गर्ने प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ ।
यस्तो छ प्रधानमन्त्री ओलीको भोलिको कार्यक्रमः–
विहान ९ः४५–१०.०० : प्रधानमन्त्रीद्वारा पिता मोहनप्रसाद ओलीको हातबाट टिका ग्रहण ।
विहान १०.०० पछि प्रधानमन्त्रीको सचिवालयका सदस्यहरुद्वारा प्रधानमन्त्रीको हातबाट टिका ग्रहण ।
दिउँसो १.०० : प्रधानमन्त्रीद्वारा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीबाट टिका ग्रहण ।
दिउँसो २ः०० : माननीय मन्त्री, सांसद, पार्टी नेता तथा निजामति एवं सुरक्षासँग सम्बध्द उच्च पदस्थ राष्ट्रसेवक–कर्मचारी तथा सुरक्षाकर्मीहरुद्वारा सम्माननीय प्रधानमन्त्रीबाट टिका ग्रहण ।
अपरान्ह ३.३० देखि ५.३० : पार्टी कार्यकर्ता तथा सर्बसाधारणहरुद्वारा प्रधानमन्त्रीबाट टिका ग्रहण ।
साँझ ६ः०० बजेदेखि : परिवारका सदस्यहरुद्वारा प्रधानमन्त्रीबाट टिका ग्रहण ।
एकादशी कार्तिक ३ गतेदेखि चतुर्दशी कार्तिक ६ गतेसम्म विहान ९ः०० देखि ११.०० सम्म कार्यकर्ताहरु र शुभचिन्तकहरुद्वारा प्रधानमन्त्रीको हातबाट टिका ग्रहण समय तालिका तय गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हामीले उपभोग गरिरहेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त भएको होइन: पूर्व राष्ट्रपति भण्डारी
-
खर्च योजना सार्वजनिक गरेपछि खुम्चियो मेटाको शेयर
-
मनमोहन सेन्टर : १५औँ वसन्त पार गर्दै गर्दा...
-
प्रतिबन्ध लगाउन सक्ने अमेरिकी कानुनविरुद्ध टिकटक अदालत जाने
-
डढेलोले खोटाङमा तेह्र घर खरानी
-
‘मिस्टर एण्ड मिस नेसनल नेपाल’ले देखाए ट्यालेन्ट