शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

टोखाबाट चोरी भएको मूर्तिसहित एक जना पक्राउ

बिहीबार, ०१ कात्तिक २०७५, १७ : १५
बिहीबार, ०१ कात्तिक २०७५

काठमाडौं । प्रहरीले टोखा नगरपालिका–५ बसुन्धरास्थित कल्कीनारायण मन्दिरबाट चोरी भएका कल्कीनारायण र पदमावतीको घोडामाथि सवार मूर्ति तथा अन्य सामानसहित एक जनालाई पक्राउ परेको छ । 

टोखा नगरपालिका–५ धापासी हाइट डेरा गरी बस्ने सुनसरी धरान उपमहानगरपालिका–८ का २२ वर्षीय सुबे परियारलाई मंगलबार महानगरीय प्रहरी वृत, महाराजगञ्जले पक्राउ गरेको छ हो । 

उक्त मन्दिरबाट असोज २५ गते राति मूर्ति समेतका सामान चोरी भएपछि खोजी गर्ने क्रममा परियारको कोठामा लुकाईछिपाई राखेको अवस्थामा उक्त मूर्ति र सबै सामानहरू फेला पारिएको वृतका प्रमुख (डीएसपी) फणिन्द्र प्रसाईंले जानकारी दिए । 

महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरीले परियारलाई नियन्त्रणमा लिएपछि यस सम्बन्धमा प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको उनले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप