शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चितवनमा बस दुर्घटना : ३ को मृत्यु, २३ घाइते

शुक्रबार, ०२ कात्तिक २०७५, ०९ : ३५
शुक्रबार, ०२ कात्तिक २०७५

चितवन - इच्छाकामना गाउँपालिका–६ जलवीरेस्थित नारायणगण मुग्लिन सडकखण्डमा आज बिहान बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार काँकडभिट्टाबाट पोखरा जाँदै गरेको ना५ख ४३८३ नम्बरको बस जलवीरे पुलबाट झण्डै ५० मिटर तल खोल्सामा खसेको थियो । 

मृतक तीनजनाको सनाखत हुन सकेको छैन भने घाइतेमध्ये २२ जनाको पुरानो मेडिकल कलेज र एक जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेमध्ये चारको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुर्घटना बिहान २ः३० बजे भएको थियो । 

त्यसैबीच माडीमा हात्तीको आक्रममणबाट एक किशोरको मृत्यु भएको छ । माडी नगरपालिका–३ धुवामा खेतको धान कुर्दै गरेका स्थानीय १५ वर्षीय रवि चौधरीको जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप