बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

कटेजमा बस्दै आएका वृद्ध मृतावस्थामा भेटिए

शुक्रबार, ०२ कात्तिक २०७५, १४ : १३
शुक्रबार, ०२ कात्तिक २०७५

काभ्रे । काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका–२ डुडीगाउँका एक वृद्ध आज बिहान मृतावस्थामा भेटिएका छन् । 

७६ वर्षका ज्ञानध्वज लामा आफ्नै कटेज बाहिर मृतावस्थामा फेलापरेको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी उपरीक्षक रविराज खड्काले बताए । उनका अनुसार लामा कटेजमा एक्लै बस्दै आएका थिए । 

‘ढुङ्गाले हानेर मारेको देखिएको छ’, प्रहरी उपरीक्षक खड्काले भने, ‘हामी घटनाबारे थप अनुसन्धान गरिरहेका छौँ ।’ लामालाई बिहान उनकै कटेज बाहिर मृतावस्थामा देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप