शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अमृतसर रेल दुर्घटना : रेलवे बार्डका अध्यक्षले भने– हाम्रो केही गल्ती छैन, धन्न ड्राइभरले इमर्जेन्सी ब्रेक लगाएनन्

शनिबार, ०३ कात्तिक २०७५, १२ : ३१
शनिबार, ०३ कात्तिक २०७५

काठमाडौं–भारतको अमृतसरमा भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ५९ जना पुगेको छ । शुक्रबार साँझ रावणको पुतला जलाउने कार्यक्रममा रेलले किच्दा उनीहरुको मृत्यु भएको हो । 
दुर्घटनाबारे रेलवेका अध्यक्षले चालकको कुनै गल्ती नरहेको दाबी गरेका छन् । 

अध्यक्ष अश्विनी लोहनीले रेलको गति कम गरेको भन्दै ‘यदी ड्राइभरले इमर्जेन्सी ब्रेक लगाएको भए थप भयानक दुर्घटना हुन सक्थ्यो’ भनेका छन् । 

दुर्घटनाका बेला साँझ परिसकेको र सो रेल लिक केही घुमाउरो समेत भएका कारण ड्राइभरले लिकमा बसेका भीडलाई देख्न नसकेको लोहनीले बताएका छन् ।

उनले भनेका छन् कि गेटम्यानको जिम्मेवारी गेटको मात्रै हुन्छ । दुर्घटना इन्टरमिडियन सेक्सनतिर भएको छ  जुन गेटबाट ४०० मिटर टाढा पर्छ । उनले स्पष्ट पारेका छन्, ‘हाम्रो कुनै गल्ती छैन । जुन स्पीडमा हुनुपर्ने हो । त्यही स्पीडमा रेल दौडिरहेको थियो ।’ लोहनीका अनुसार रेलको गति ९० किलोमिटर प्रतिघण्टा थियो । 

उनले अमृतसरमा भएको कार्यक्रमबारे कुनै पूर्व जानकारी नदिइएको पनि दाबी गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप