बालुवाटारमा टीकाको चटारो, एकादशीको दिन प्रधानमन्त्रीले लगाइदिए एचआइभी संक्रमित बालबालिकालाई टीका
शनिबार, ०३ कात्तिक २०७५, १३ : ५०
काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओली र प्रथम महिला राधिका शाक्यले एचआइभी संक्रमित बालबालिकालाई टीका लगाइदिएका छन् । आज एकादशीको दिन प्रधानमन्त्री र शाक्यले ती बालबालिकालाई टीका लगाइदिएका हुन् ।
शिक्षा सदन किर्तिपुर भत्केपाटीमा अध्ययनरत २३ जना बालबालिकालाई आज प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुले सामुहिक टिका लगाइ लिएको सचिवालयले जनाएको छ ।
सो अवसरमा बालबालिकाहरुले गायन लगायत विभिन्न विधाका कलाहरु प्रस्तुत गरेका थिए । प्रधानमन्त्री ओलीले बालबालिकाको अध्ययनको अवस्था,उनीहरुका आवश्यकताका बारेमा विद्यालयका शिक्षहरुसँग चासो समेत राखेका थिए ।
यसअघि हिजो दिनभर ओलीले सर्वसाधारणलाई विभिन्न व्यक्तित्वलाई टीका लगाइदिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुख्यमन्त्री कँडेललाई कांग्रेसले विश्वासको मत नदिने
-
इतिहासलाई फर्केर हेर्दा, तस्बिरहरू
-
विश्वासको मत माग्दै कर्णालीका मुख्यमन्त्रीले भने– प्रश्न नआउनेगरी काम गर्नेछु
-
उपनिर्वाचनमा प्रहरीले देख्यो सम्भावित १२ खतरा
-
यी परिस्थिति उत्पन्न भएमा प्रहरीले उपनिर्वाचनमा बल प्रयोग गर्ने
-
अमिताभले सुरु गरे केबीसी–१६ को सुटिङ