मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

तीजको नाँच खुमनले दुरबिन लाइ लाइ हेरे (भिडियो)

शनिबार, ०७ साउन २०७४, १७ : ४१
शनिबार, ०७ साउन २०७४

काठमाडौं– हरितालिका तीजको अवसर रमाइलो खालका गीतहरु गाएर चर्चा आउने क्रम बढेको छ । यसैक्रममा गायक खुमन अधिकारी र गायिका पार्वती स्त्रीले ‘दुरबिन लाई लाई’ बोलको तीज गीत ल्याएका छन् । 

तीजको कोशेली ‘दुर्बीन लाई लाई’ बोलको म्युजिक भिडियोमा शंकर बिसी र करिश्मा ढकालले मोडलिङ गरेका छन् । तीज गीतमा शंकर र करिश्माले रोमान्स गरेको भिडियोमा प्रष्ट देख्न सकिन्छ । शंकर बिसीले निर्देशन गरेको भिडियोमा तीजको छनक सँगै माया, प्रेम र रोमान्स समेटिएको छ । 

राजेश घिमिरेले छायांकन गरेको भिडियोलाई नबिन घर्तीमगरले सम्पादन गरेका हुन् । भिडियोको कोरियोग्राफी पनि निर्देशक बिसीले नै गरेका हुन् । गीतमा संगीत भने गायक अधिकारीकै रहेको छ ।

भिडियो

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप