बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अवैध लागूऔषधसहित ४ जना पक्राउ

शनिबार, ०३ कात्तिक २०७५, १७ : ०९
शनिबार, ०३ कात्तिक २०७५

काठमाडौं । भक्तपुर र पर्साबाट अवैध लागूऔषधसहित ४ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

भक्तपुर सूर्यविनायक नगरपालिका–५ चुनदेवी बस्ने मकवानपुरका २६ वर्षीय दानेज खड्कालाई लागूऔषध १ सय १३ एम्पुल नुर्फिन, ५० एम्पुल डाइजेल्याव, ९० एम्पुल फेनारगन र ३१ थान सिरिन्ज सहित चुनदेवीबाट शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

घटनाको थप अनुसन्धानको क्रममा अन्य २ जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

पर्सा वीरगंज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट मकवानपुर हेटौंडा उपमहानगरपालिका–१२ बस्ने १९ वर्षीय उमेश बिकलाई लागूऔषध ६० थान नाइट्राभेट र १ सय एमएलको २ बोतल कोरेक्स सहित प्रहरीले पक्राउ गरेको छ । 

सोही ठाउँस्थित खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा भारत रक्सौलबाट वीरगंजतर्फ आउँदै गरेका बिकलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप