बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

न्यून दृष्टियुक्त व्यक्तिलाई मासिक दुई हजार

शनिबार, ०३ कात्तिक २०७५, २१ : ३५
शनिबार, ०३ कात्तिक २०७५

बेत्रावती । नुवाकोट विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले एक अशक्त व्यक्तिलाई मासिक रु दुई हजारका दरले रु ३० हजार उपलब्ध गराएको छ । 

आफू प्रमुख पदमा निर्वाचित भएर शपथ लिएपछि राज्यबाट जनप्रतिनिधिको हैसियतमा प्राप्त सुविधाबाट उनले विदुर नगरपालिका–९ लामाटारका न्यून दृष्टियुक्त व्यक्ति (दुवै आँखा नदेख्ने) कृष्णबहादुर नेपालीलाई उक्त रकम उपलब्ध गराएका हुन् । 

‘यो सेवा आफू जनप्रतिनिधि रहुञ्जेल राज्यबाट प्राप्त हुने सुविधाबाट कटौती गरी प्रदान गर्ने भनेर जनाएको प्रतिबद्धता कार्यान्वयनमा ल्याएको छु’, प्रमुख पण्डितले भने, ‘अब निरन्तर मासिकरुपमा रकम उपलब्ध गराउनेछु ।  

जग्गा तथा सम्पत्ति केही नभएको नेपालीले वृद्ध बुवा र शारीरिकरुपमा अशक्त श्रीमतीको पालनपोषण गर्दै आएका छन् । 

‘सामाजिक सुरक्षा भत्ताबाट आउने पैसाले परिवार पाल्न गाह्रो थियो’, नेपालीले भने, ‘प्रमुखले दिनुभएको पैसाले चामल किन्न पुग्ने भएको छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप