शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा दुर्घटनामा परी नौ र चीनमा ११ जनाको मृत्यु

शनिबार, ०७ साउन २०७४, १८ : ०७
शनिबार, ०७ साउन २०७४

नयाँदिल्ली/ चीन – भारत र चीनमा भएका छुट्टाछुट्टै सडक दुर्घटनामा परी कम्तीमा २० जनाको मृत्यु भएको छ । 

दवै घटनामा परी कम्तीमा ३१ जना घाइते भएको अधिकारीलाई उद्धृत गर्दै सिन्ह्वाले जनाएको छ । 

भारतको राजस्थान राज्यमा शनिबार भएको बस दुर्घटनामा कम्तीमा नौ जनाको मृत्यु भएको छ भने अरु २२ जना घाइते भएका छन् । 

उदयपुर सहरको नेहला गाउँ नजिकै बसका चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । 

मृत्यु भएका नौ जनामध्ये छ जना महिलाको घटनास्थलमै ज्यान गएको थियो । अन्य घाइतेलाई उपचारका लागि नजिकैको स्थानीय सरकारी अस्पतालमा भर्ना गरिएको छ । 

उपचार गराइरहेका मध्ये केहीको अवस्था गम्भीर रहेको अस्पतालका अधिकारीहरुले जानकारी दिएका छन् । 

त्यसैगरी चीनको हेबेई प्रान्तमा शुक्रबार भएको सडक दुर्घटनामा परी कम्तीमा ११ जनाको मृत्यु भएको छ भने अरु नौ जना घाइते भएका छन् । 

स्थानीय प्रहरी अधिकारीले शनिबार दिएको जानकारीअनुसार, मृतकमध्ये आठ जनाको घटनास्थलमै र अन्य तीन जनाको अस्पताल मृत्यु भएको हो । 

राष्ट्रिय राजमार्गमा पर्ने हऔंगमेइ टाउनसिपमा भएको दुर्घटनामा घाइते भएका सात वर्षदेखि ७० वर्षसम्म रहेको प्रहरीले जनाएको छ । तीमध्ये एक जनाको अवस्था जटिल रहेको अस्पतालको भनाइ छ । 

दुर्घटनाको कारण स्पष्ट भइनसकेकाले प्रहरीले अनुसन्धान भइरहेको बताएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप