शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘भगवान बन्न’ जसले आफूलाई जमिनमा गाडे

आइतबार, ०४ कात्तिक २०७५, ११ : ४१
आइतबार, ०४ कात्तिक २०७५

एजेन्सी । भारतका एक व्यक्तिले भगवानको रुपमा पुनर्जन्म लिनका लागि आफूलाई जमिनमा स्वेच्छिकरुपमा गाडेका छन् ।

करिब आठ घण्टा जमिन भित्र गाडेको अवस्थामा रहे पछि उनको उद्दार गरिएको थियो ।

राजस्थानको कारोचो का खेदा गाउँमा रहेको एक मन्दिरमा तान्त्रिक रहेका धिरज खारोलले सो प्रयास गरेका हुन् ।

केही समयअघि उनले आफूलाई जमिनमा गाडेर समाधी लिने र तीन दिनपछि भगवानको रुपमा पुनर्जन्म लिने घोषणा गरेका थिए ।

यता, गाउँका मानिसहरुले उनलाई सम्झाउनुभन्दा पनि उनको निर्णयलाई स्वागत गर्दै उल्टै सहयोग गरेका थिए ।

उनीहरुले धिरज बस्ने मन्दिर नजिकै खाल्डो पनि खनेका थिए ।

गत बुधबार नवरात्रीको पहिलो दिन धिरजको निर्देशन अनुसार गाउँका मानिसहरुले उनलाई जमिनमा गाडेका थिए ।

नजिकका गाउँका मानिसहरु पनि आएर यो ‘समारोह’ मा सहभागी भएका थिए ।

जब यो खबर नजिकैको प्रहरी कार्यालयमा पुग्यो प्रहरीले यो कार्य रोक्न टोली पठायो ।

प्रहरी अधिकारी मानसिंह देव र केही प्रहरी उनलाई उद्धार गर्न पुगे पनि गाउँलेले केही बेर उनहिरुलाई रोकेका थिए ।

टाइम्स अफ इन्डियाको रिपोर्ट अनुसार प्रहरीले गाउँलेलाई यसबाट उनको ज्यान जाने कुरा सम्झाएपछि मात्र उद्धार गर्न दिएका थिए ।

प्रहरीले धिरजलाई गाडेको स्थान खन्दा उनी बेहोस भइसकेका थिए ।

मिडिया रिपोर्टका अनुसार उनलाई तत्कालै नजिकैको स्वास्थ्य चौकी लगिएको थियो ।

उनको स्वास्थ्य अहिले सामान्य रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप