शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

टाटासुमोको ठक्करबाट पैदल यात्रुको मृत्यु

आइतबार, ०४ कात्तिक २०७५, १३ : ३२
आइतबार, ०४ कात्तिक २०७५

महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका १ स्थित सडकमा टाटासुमोको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषा जिल्ला मिथिला नगरपालिका ८ बस्ने भैरवबहादुर हेम्जन रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

शनिवार धनुषाबाट सर्लाही जाँदै गरेको ना.१ ज.२९०२ नम्बरको टाटासुमो बर्दिबास नगरपालिका १ स्थित सडकमा सोही दिशामा जाँदै गरेका पैदल यात्रु हेम्जनलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो ।ठक्कर दिने टाटासुमो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप