ट्राफिक नियम उल्लङ्घनबाट मात्रै तीन लाख राजश्व संकलन
विराटनगर – प्रदेश नं १ मा ट्राफिक नियम उल्लङ्घन गरेर सवारी चालकबाट रु तीन लाख एक हजार राजश्व सङ्कलन गरिएको छ ।
प्रदेश नं १ ट्राफिक कार्यालय इटहरीका अनुसार तीनदिनमा यस क्षेत्रमा दुई हजार सवारी साधनलाई मादक पदार्थ सेवन एवम् ट्राफिक नियम उल्लङ्घन गरी सवारी सञ्चालन गरेकामा कारवाही गरिएको जनाइएको छ ।
चाडपर्वका अवसरमा मापसे गरी सवारी साधन सञ्चालन गर्ने क्रम वृद्धि भई दुर्घटना हुने भएकाले सोको नियन्त्रणका लागि विभिन्न राजमार्ग तथा सहायक राजमार्ग क्षेत्रमा आकस्मिक जाँचलाई तीव्रता दिइएको ट्राफिक कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसार्इंले जानकारी दिए ।
कारवाहीमा पर्नेमा मापसे गरी सवारी चलाउने तथा ट्राफिक नियम उल्लङ्घन गर्नेहरु रहेको बताइएको छ । प्रदेश नं १ मा दैनिक ट्राफिक नियम उल्लङ्घन र मापसे गरी सवारी साधन सञ्चालन गर्नेहरु दैनिक करीब ५०० छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण
-
पहिलोपटक मन्त्रीबाट बर्खास्ती, पुनः मन्त्री हुँदै मुख्यमन्त्रीसम्म सोडारी
-
सत्ता राजनीतिले तीन वटा प्रदेशमा किचलो, आज के–के छन् शीर्ष १० समाचार ?
-
रिहा भए एन्फा उपाध्यक्ष दावा लामा