स्थानीय जनप्रतिनिधिको धन्दाः खोलामाथि जग्गा ‘प्लटिङ’ !
काठमाडौं– काठमाडौंको शंकरापुर नगरपालिका ६ का वडाध्यक्ष राधाकृष्ण श्रेष्ठलाई रामेछापको लिखु गाउँपालिका अध्यक्ष गोविन्दबहादुर खड्काले ठीक पार्ने धम्की दिएका छन् ।
शंकरापुर नगरपालिकामा साविक पुखुलाछी गाविसमा रहेको १७ रोपनी जग्गा विक्रीका लागि सिफारिस नदिएपछि उनले धम्की दिएको वडा अध्यक्ष श्रेष्ठले रातोपाटीलाई जानकारी दिए । स्थानीय खोलाको अस्तित्व नै नामेट पारेर लिखु गाउँपालिका अध्यक्ष खड्काले जग्गा प्लटिङ गरेको श्रेष्ठको भनाई छ ।
खड्काले माथिल्लो निकायमा आफ्नो राम्रो पहुँच रहेको बताउँदै समय आएपछि ठीक पार्ने धम्की दिएको उनको भनाई छ । यद्यपी सिफारिस नदिएपछि पनि खड्काले सोही दिन गैरकानुनी ढंगले जग्गा बिक्री गरेको उनको भनाई छ ।
यस्तो छ विवादको चुरोः ५८ लाख खर्च गरेर खोलामाथि ‘प्लटिङ’
रामेछापको लिखु गाँउपालिका अध्यक्ष गोविन्द बहादुर खड्काले काठमाडौंको शंखरापुर नगरपालिकामा १७ रोपनी जग्गा लिएर रातारात प्लटिङ गरेको शंखरापुरका जनप्रतिनिधिहरु बताउँछन् । उनले साँखु हुँदै बग्ने नाई खोलालाई ह्युम पाइपभित्र हालेर त्यसमाथि जग्गा बनाएर बिक्री गर्न खोजेका थिए ।
गत चैत २० गते जग्गा प्लटिङ गर्ने सिफारिस लिएर उनले ११ दिनमा तीन चार दिनमै रातारात १७ रोपनी जग्गा प्लटिङ गरेका थिए । जग्गाको बिचमा पर्ने नाई खोलामा ह्युम पाइप हालेर त्यसमाथि पनि जग्गा बनाई प्लटिङ गरी बिक्री गर्न लागेको शंकरापुर नपामा राप्रपाबाट मेयरका प्रतिष्पर्धी मिजेन्द्रकाजी श्रेष्ठले बताए । लिखु गाँउपालिका अध्यक्ष खड्काले खोलामा ह्युमपाइप मात्र हाल्न ५८ लाख खर्च गरेको बताएको श्रेष्ठले जानकारी दिए ।
प्लटिङ गर्ने बेलामा नापी कार्यालयले जग्गाको बिचमा खोला रहेको बताएपनि जानी जानी खोलामाथि प्लटिङ गरिएको हो । खोला भएको क्षेत्रमा किनारदेखि दायाँबाया ६ मिटर जमिन छोडेर भौतिक संरचना बनाउनुपर्ने प्रावधान छ ।
गत असार १ गते अध्यक्ष खड्का वडा कार्यालयमा जग्गा विक्रीका लागि सिफारिस लिन आएका थिए तर वडाध्यक्ष श्रेष्ठले खोला मिचेर प्लटिङ गरेको खोला बिक्रीका लागि सिफारिस नदिने भनेपनि त्यही विवाद भएको थियो । सोही दिन खड्काले मालपोत कार्यालय गएर केही कित्ता जग्गा बिक्री गरेको पाइएको वडा अध्यक्ष श्रेष्ठले बताए ।
शंखरापुर नपाका वडाध्यक्ष श्रेष्ठले भने–‘खड्का असार १ गते मसँग जग्गा बिक्रीका लागि सिफारिस लिन आएका थिए, खोला र सार्वजनिकस्थल मिचेर प्लटिङ गरेको जग्गा बिक्रीका लागि सिफारिस दिन सक्दिन भनेपछि तँ तँ र म म गरे । त्यही दिन केही कित्ता जग्गा मातपोत कार्यालयबाट बिक्री भएको पाइयो ।’
उनले सार्वजनिक पदमा बसेको मान्छेले सार्वजनिक जग्गा, प्राकृतिक सम्पदा मास्ने काम गरेकोमा आफू अचम्मित भएको उनले बताए । जुनसुकै गाउँपालिकाको अध्यक्ष भएपनि, ठूलै निकायको मान्छे भएपनि वडाअध्यक्षको हैसियतले गलत काम रोकेको श्रेष्ठले बताए ।
‘एकातिर खोला मासिएको छ, अर्कोतिर जग्गा किन्नेहरु पनि फस्ने भएकोले मैले सिफारिस रोकेको हुँ । त्यसपछि फोनबाट धम्की आइरहेको छ ।’ उनले भने ।
नाई खोला संरक्षण गर्ने नगरपरिषको निर्णय
खड्काले खोला मिचेर प्लटिङ गरेको उक्त नाई खोला संरक्षणका लागि नगरपरिषदले पनि निर्णय गरेको छ । खोला पुरिएको भागमा अहिले प्लटिङ गरिएको छ भने जमिन मुनिको ह्वुमपाइपमा खोलालाई कोचिएको छ ।
उक्त स्थानको जग्गा किनबेच नगराउन मौखिक रुपमा मालपोत कार्यालयमा जानकारी गराएको श्रेष्ठले बताए ।
श्रेष्ठले फेसबुकमार्फत लिखु गाउँपालिका अध्यक्षबाट आफूलाई धम्की आएको र उनले गरेको गैरकानुनी कामका लागि कारबाही गर्ने कुरा फेसबुकमार्फत सार्वजनिक गरेका छन् ।
यसबारे थप बुझ्न हामीले शंकरापुर नगरपालिका मेयर सुर्वण श्रेष्ठ र लिखु गाँउपालिका अध्यक्ष गोविन्दबहादुर खड्कालाई गरेको सम्पर्कको प्रयास सफल हुन सकेन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रपति पौडेलद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना
-
राष्ट्रपति, प्रधानमन्त्री र शीर्ष नेताबाट लोकतन्त्र दिवसको उपहास, शुभकामना दिनै कन्जुस्याइँ !
-
संसदीय छानबिन समिति नबनेसम्म सदन चल्न सक्दैन : नेता कोइराला
-
कर्णालीमा भागबण्डा टुङ्गियाे, सामाजिक विकास मन्त्रालय माओवादीलाई
-
‘कर्णालीबारे ५ प्रतिशत पनि लेखिएको छैन’
-
लम्जुङबाट ‘भाइरल गोर्खे’को छायांकन सुरु