बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

इजिप्टको सेनाद्वारा ३० आतङ्कारी मारिए

शनिबार, ०७ साउन २०७४, १८ : ३१
शनिबार, ०७ साउन २०७४

कायरो – इजिप्टको सेनाले उत्तरी प्रान्त सिनैमा गरेको सुरक्षा कारबाहीमा परी ३० जना आतङ्ककारी मारिएको जनाएको छ । 

सुरक्षाकर्मीले गत चार दिन गरेको सुरक्षा कारबाहीका क्रममा उनीहरु मारिएको सेनाद्वारा शुक्रबार जारी वक्तव्यमा उल्लेख छ ।  

सेनाले सो क्रममा अन्य पाँच जना आतङ्ककारीलाई नियन्त्रणमा लिएको पनि वक्तव्य मार्फत् जानकारी दिएको छ । 

इजिप्टमा बढ्दो क्रममा रहेको आतङ्कबादीको गतिविधिलाई सरकारी सेनाले सामना गर्न परिरहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप