बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

साउदीले भन्यो, ‘खाशोज्जीको हत्या भयानक गल्ती तर युवराज सलमानको हात छैन’

सोमबार, ०५ कात्तिक २०७५, ०८ : ३२
सोमबार, ०५ कात्तिक २०७५

साउदी अरबले पत्रकार जमाल खाशोज्जीको हत्या ठूलो गल्ती बताएको छ तर यसमा युवराज मोहम्मद बिन सलमानको कुनै भूमिका नभएकोसमेत स्पष्ट पारेको छ ।

साउदी अरबका विदेशमन्त्री अदेल अल जुबैरले फक्स न्यूजलाई खाशोज्जीको हत्यालाई ‘भयानक गल्ती’ बताएका थिए ।

तर उनले उक्त अभियानमा साउदी अरबका युवराज मोहम्मद बिन सलमानको कुनै पनि भूमिका नभएको बताउँदै यसमा अनियन्त्रित एजेन्ट जिम्मेवार भएको बताए ।

पत्रकार जमाल खाशोज्जी युवराज सलमानको आलोचक मानिन्थे । युवराजलाई साउदी अरबमा सबैभन्दा शक्तिशाली व्यक्ति मानिन्छ ।

खाशोज्जी अक्टोबर २ तारिखमा टर्कीको इस्तान्बुलस्थित साउदी अरबको वाणिज्य दूतावासमा प्रवेश गरेदेखि हराएका थिए । दुई हप्तासम्म अस्विकार गरेपछि साउदी अरबले शुक्रबार दूतावासमा भएको संघर्षमा उनको मृत्यु भएको स्विकारेको छ ।

अब साउदी अरबमाथि खाशोज्जीलाई के गरिएको थियो भन्ने प्रश्नको उत्तर दिन दबाब छ ।

के खाशोज्जीबारे केही थाहा छैन साउदीका राजा सलमानलाई ?

टर्कीका अधिकारीले दूतावासमा उनको हत्या साउदी एजेन्टको समूहले गरेको हुनसक्ने आशंका व्यक्त गरेका छन् । सुरुमा साउदी अरबले खाशोज्जी दूतावासको भवनबाट सकुशल निस्किएको बताएको थियो ।

शुक्रबार जब साउदी अरबले उनको मृत्यु एक संघर्षका क्रममा दूतावासभित्र भएको भन्दै स्विकार गर्यो तब यसबारे विभिन्न सन्देह गरिएका छन् ।

दोषीले पाउनेछन् सजायँः

अब विदेशमन्त्री जुबैरले खाशोज्जीको मृत्युलाई हत्या बताएका छन् ।

उनले भने, ‘हामी सबै तथ्य सार्वजनिक गर्नका लागि प्रतिबद्ध छौं । साथै, हत्याका लागि जिम्मेवार सबैलाई सजायँ दिइने कुरामा पनि प्रतिबद्धता व्यक्त गर्न चाहन्छौं ।’

उनले थपे, ‘जसले यसे गरेका छन्, उनीहरुले आफ्नो अधिकार क्षेत्रको अतिक्रमण गरेका छन् । शंका छैन, निकै ठूलो गल्ती भएको छ । यसमा पर्दा हाल्ने कोसिस गरेर पनि निकै ठूलो गल्ती गरियो ।’

के एप्पल वाचमा रेकर्ड भएको थियो साउदी पत्रकार खाशोज्जीको हत्या ?

खाशोज्जीको शव कहाँ छ, त्यसबारे आफूलाई थाहा नभएको  विदेशमन्त्रीले बताएका छन् । खाशोज्जीको हत्याको आदेश युवराज मोहम्मद बिन सलमानले पनि नदिएको उनले जानकारी दिए ।

साउदी अरबले यो घटनामा संलग्न १८ लाई पक्राउ गरेको जानकारी दिएको छ । युवराजका दुई सहयोगी बर्खास्त गरिएका छन् । गुप्तचर एजेन्सीमा सुधार ल्याउनका लागि युवराजकै अगुवाईमा एउटा समूह बनाइएको जानकारीमा उल्लेख छ ।

अन्तर्राष्ट्रिय जगतले के भने ?

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफूले ‘चित्त बुझ्दो जवाफ नपाएसम्म सन्तुष्ट नहुने’ बताएका छन् ।

ट्रम्पले भने, ‘साउदी अरबमा प्रतिबन्ध लगाउन सकिन्छ तर हतियारको सम्झौतामा रोक लगाउँदा ‘उनीहरुलाई भन्दा हामीलाई तनाव हुनेछ ।’

ब्रिटेन, फ्रान्स र जर्मनीले एक साझा बयान जारी गरेका छन् । उक्त बयानमा खाशोज्जीको हत्याबारे पूरा स्पष्टिकरण दिन माग गरिएको छ ।

बयानमा भनिएको छ, ‘यो हत्यालाई कुनै पनि तरिकाले ठिक मान्न सकिँदैन । हामी कडा शब्दमा यसको निन्दा गर्छौं ।’

यद्यपी, साउदी अरबका विभिन्न छिमेकी देश घटनाको समर्थनमा उत्रिएका छन् ।

कुवेतले यो मुद्दालाई सुल्झाउनका लागि सलमानको प्रशंसा गरेका छन् । इजिप्ट, बहराइन र युएई पनि उनको प्रशंसामा उत्रिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप