एक करोडको लागतमा गाउँपालिकाको भवन निर्माण
बनेपा । जिल्लाको विकट क्षेत्र डाँडापारिमा अवस्थित महाभारत गाउँपालिकाले करीब रु एक करोडको लागतमा गाउँपालिकाको भवन निर्माण गरेको छ ।
सङ्घीय संरचनाअनुसार स्थानीय तह गठन भएपछिको पहिलो निर्वाचनबाट निर्वाचित भएपछि जनप्रतिनिधिले भवन अभावका कारण महाभारत गाउँपालिकाको वडा नं ६ स्थित चौरमा नै उभिएर शपथग्रहण गरेका थिए ।
गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले चौरमा नै उभिएर शपथग्रहण गरेको र अहिले गाउँलेको ठूलो सहयोगबाट १६ रोपनी जग्गा प्राप्त गरी गाउँपालिकाको आफ्नै भवन निर्माण गर्न सफल भएको बताए ।
शुरुमा अस्थायी केन्द्रका रुपमा वनखुको कोलटारमा तोकिएको भए पनि सबैको पायक पर्ने ठाउँमा केन्द्र नभएको भन्दै केन्द्र सार्नुपर्ने माग बढ्दै गएको थियो ।
अध्यक्ष जिम्बाका अनुसार पछि सबैको सहमतिमा सबै वडाका बासिन्दालाई पायक गर्ने स्थान देवीटारमा सार्ने सहमति भएपछि जग्गा उपलब्ध भएका कारण कार्यालय निर्माण गरेको हो ।
गाउँपालिकाको कार्यालय निर्माण गर्न आर्थिक वर्ष २०७४÷०७५ को बजेटबाट रु एक करोड ४० लाख छुट्याएकोमा करीब रु एक करोडमा निर्माण गर्ने ठेक्का सम्झौता भएपछि अहिले आठ कोठे भवन र एउटा हल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
गाउँपालिका–६ वडाका वडाध्यक्ष रमेश लुंगेली मगरले गाउँपालिकाको लागि जग्गा प्राप्त गर्न १७ जना वडा बासिन्दाले सहयोग गरेको बताए ।
उनले बुम्बा दोर्जे लामाले दुई रोपनीभन्दा बढी जग्गादान गरेको र जग्गादान गर्ने अन्य दातामा भीमबहादुर थिङ, लवध्वज वाइबा, बमबहादुर अस्तानी, छेवाङ दोर्जे लामा, पदमबहादुर माझी, भोरसबहादुर मोक्तान र दर्जमान मोक्तान रहेको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशिष्ट व्यक्तिलाई उपलब्ध गराइएका सुरक्षाकर्मीहरू बाहेक अन्यलाई फिर्ता बोलाउन गृहको निर्देशन
-
श्रीलङ्काका लागि बीआरआई परियोजना सेतो हात्ती : तलाल रफी
-
मलामी जाँदा भेरीमा डुबेका व्यक्तिको खोजीमा गोताखोर परिचालन
-
असारसम्म आयोजना स्थल नछोड्न आयोजना प्रमुखहरूलाई भौतिक मन्त्रीको निर्देशन
-
उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्न संघीय सरकारले मात्रै सक्दैन : अर्थमन्त्री पुन
-
कतार र नेपालबिच धेरै कुरामा समानता देखिन्छ : राजदूत डा. ढकाल