बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

ट्रयाक्टरले स्कुटीलाई ठक्कर दिँदा एकको मृत्यु, एक गम्भीर घाइते

सोमबार, ०५ कात्तिक २०७५, १० : ४६
सोमबार, ०५ कात्तिक २०७५

किरण कुमार कर्ण

जनकपुर । जनकपुर–ढल्केवर सडक खण्ड अन्तर्गत मुजेलियामा ट्रयाक्टरले स्कुटीलाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

जनकपुरधाम उपमहानगरपालिका वाडा नम्बर १० देवि चोक बस्ने विश्वनाथ नायकका छोरा अन्दाजी ३० बर्षिय सदीप नायकको मृत्यु भएको इलाका प्रहरी कार्यालय मुजेलियाका इन्चार्ज सुरेन्द्र यादवले जनाए ।

उत्तर दिशाबाट जनकपुर आउदै गरेको ज. २ त ११३ नम्बरको ट्रयाक्टरले हिरो होण्डा सो रुमको अगाडि  मुजेलियातर्फ जाँदै गरेको ज.९.प. ६१३३ नम्बरको स्कुटीलाई सवा ८ बजे ठक्कर दिएका छन् । 

स्कुटी चालक सदीप नायकको मृत्यु भएको र स्कुटिमा पछाडी सवार एक जना गम्भीर घाइते भएका छन् । घाइतेको नाम खुल्न सकेको छैन । 

घाइतेलाई प्रहरीले जनकपुर अञ्चल अस्पतालमा उपचारका लागि भर्ना गराएका छन् भने मृतक नायकको शव पनि पोष्ट्मार्टम गर्न अस्पतालमा राखिएको प्रहरिले जनाएको छ । 

यता चालक फरार रहेकाले खोजी कार्य भइरहेको प्रहरीले छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप