शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

वर्षकै उत्कृष्ट वाइल्डलाइफ फोटोग्राफीमा सुचिकृत १० तस्बिर

सोमबार, ०५ कात्तिक २०७५, १० : ५५
सोमबार, ०५ कात्तिक २०७५

भारतको पंजाबमा बस्ने अर्शदीप सिंहले लण्डनको नेचुरल हिस्ट्रि म्युजियममा घोषणा गरिएको ‘सन् २०१८ वाइल्डलाइफ फोटोग्राफर अफ द इयर’ प्रतियोगितामा उपाधि जितेका छन् ।

अर्शदीपले १० वर्षभन्दा कम उमेरको श्रेणीमा अवार्ड पाएका हुन् । अर्शदीपले कपूरथला शहरको बाहिर यो तस्बिर खिचेका थिए जसमा दुई उल्लु एउटा पाइपभित्र बसेका थिए ।

आर्शदीपले बीबीसीलाई भने, ‘मैले दुईवटा उल्लु उडेर पाइपभित्र जाँदै गरेको देखें र बुवालाई यसबारे जानकारी दिएँ । उनले यस्तो हुनै नसक्ने बताए । तर पनि उनले कार रोके । हामीले २०–३० मिनेट प्रतिक्षा गर्यौं  र उनीहरु बाहिर आएपछि मैले तस्बिर खिँचे ।’

वाइल्डलाइफ फोटोग्राफर अफ द इयर एक प्रतिष्ठित प्रतियोगिता हो । यसको सुरुवात सन् १०६४ मा भएको थियो । लण्डनको नेचुरल हिस्ट्रि म्युजियमले यसको आयोजना गर्ने गर्छ ।

अर्को वर्षको प्रतियोगिताका लागि सोमबार अर्थात् आजदेखि प्रवेश खुल्ला गरिएको छ । अहिलेका लागि कुनै श्रेणीमा कस्ता तस्बिरले पुरस्कार पायो भन्ने बारे जानकारी लिऔं ।

चेप्टो नाक भएको बाँदरः

ढुङ्गामा बसेर कतै टाढा हेरिरहेको चेप्टो नाक भएको यी लोपोन्मुख सुनौला बाँदरको यो तस्बिरले सन् २०१८ को वाइल्डलाइफ फोटोग्राफर अफ द इयरको मुख्य पुरस्कार हाँसिल गरेको छ ।

यो तस्बिर मार्सेल वान उस्टनले चीनको छिनलिंग पर्वतमा खिचेका थिए । उनले थुप्रै दिनसम्म बाँदरको यो समूहको पिछा गरेपछि मात्र यो तस्बिर खिच्न सफल भएका थिए ।

आराम गरिरहेको चितुवाः

यस वर्ष जुनियर श्रेणीमा दक्षिण अफ्रिकाका स्काई मिकरले उपाधि हाँसिल गरेका छन् । उनले बोत्सवानको मशातू गेम रिजर्वमा आराम गरिरहेको चितुवाको तस्बिर खिचेका छन् ।

यो चितुवा निकै लोकप्रिय छ र यसको नाम माथोजा हो । बन्तु भाषामा यो नामको अर्थ हो, ‘जो लर्खराएर हिँड्छ’ । यो चितुवा सानो हुँदा नै खुट्टा भाँच्चिएको थियो ।

स्काईमा अनुसार यो चितुवा जिउँदो हुनका लागि यसले निकै संघर्ष गर्नुपर्यो किनभने खुट्टामा समस्या भएकाले यसले शिकारलाई आफूतर्फ तान्न सक्दैनथ्यो ।

थुप्रै घण्टा प्रतिक्षा गरेपछि आफूले मथोजाको यस्तो तस्बिर कैद गर्न सफल भएको स्काईले जानकारी दिए ।

सुस्ताउँदै गरेको सिलः

एनिमल इन देयर इन्भारोन्मेन्ट श्रेणीमा स्पेनको क्रिस्टोबल सेरानोले यो पुरस्कार हाँसिल गरेका हुन् । उनले अन्टार्कटिकमा पौडिरहेका एक हिमखण्डमा सुस्ताइरहेका सिलका तस्बिर खिचेका छन् ।

माटोको बल बनाउँदै बारुलाः

बिहेबियर (जसमा मेरुदण्ड हुँदैन) श्रेणीमा जर्जिना स्टेटलरको माटोको बल बनाउनै गरेका यी बारुलाका तस्बिरले पुरस्कार जितेको छ ।

उनले पश्चिमी अष्ट्रेलियाको वाल्योरमरिंग नेचर रिजर्भमा यो तस्बिर खिचेकी हुन्  ।

उडिरहेको माछाः

यो उडिरहेको जस्तो देखिने माछा अमेरिकी फोटोग्राफर माइकल पेट्रिक ओनीलको क्यामरामा कैद भएको हो । उनले अण्डरवाटर श्रेणीमा अवार्ड पाएका हुन् । उनले फ्लोरिडाको पाम बीचमा यो तस्बिर खिचेका थिए ।

यी माछा दिउँसो कम देखिन्छन् तर रातको समयमा भने निकै सजिलै भेटिन्छ । विभिन्न क्यामरा र अनेकौं लाइट सेटिङ प्रयोग गरेपछि यो तस्बिर खिच्न सफल भएको बताइन्छ ।

जोकर बाँदरः

वाइल्डलाइफ फोटो जर्नलिज्म क्याटगोरीमा पुरस्कार जित्ने यो तस्बिर जोन डी ला मालाले खिचेका हुन् ।

सर्कसमा प्रयोग गरिने यो बाँदरको तस्बिर इन्डोनेशियाको जावा द्वीपमा खिचिएको हो । यसमा बाँदरलाई जोकरको मुखौटा लगाउन बाध्य बनाइएको छ ।

जिम्मेवार ट्रिहोपरः

वाइल्डलाइफ फोटोग्राफर पोर्टफोलियो क्याटगोरीमा पुरस्कार जित्ने यो तस्बिर स्पेनका फोटोग्राफर जेवियर अजनार गोन्जालेज डी रुएडाले खिचेका हुन् ।

यसमा एक पोथी ट्रिहोपरले आफ्नो बच्चाको रक्षा गरिरहेको देख्न सकिन्छ ।

पानीभित्र युद्धः

बिहेवियर (उभयचर र सरिसृप) श्रेणीमा डेविड हेरासिम्त्सचकको यो तस्बिरले पुरस्कार पाएको हो ।

उनले टेनेसीको टेलिको नदीमा यो तस्बिर खिचेका हुन् जसमा एक विशाल सालामेन्डर पानी भित्र सर्पसँग युद्धरत छ ।

बालुवाको समुन्द्रमा मिलनः

अर्थस् इन्भारोन्मेन्ट श्रेणीमा नामिबियाको एक समुन्द्री तटको किनारामा हावाको बहावका कारण बनेको बालुवाको पहाड ।

यो तस्बिर ओरलान्दो फर्नान्डेज मिरान्डाले खिचेकी हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप