बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सिंहिनीद्वारा आफ्नै सिंहको घाँटी थिची हत्या

सोमबार, ०५ कात्तिक २०७५, ११ : ३३
सोमबार, ०५ कात्तिक २०७५

बीबीसी

अमेरिकाको एक चिडियाघरमा एक सिंहिनीले आफ्ना तीन सन्तानका पिताको हत्या गरेको छ । १२ वर्षकी सिंहिनी जूरी १० वर्षको सिंह नियाकसँग इन्डियानापोलिस चिडियाघरमा सन् २०१५ देखि बस्दै आएकी थिइन् । जूरी र नियाकका तीन सन्तान छन् ।

चिडियाघरको एक फेसबुक पोष्टमार्फत यसको जानकारी दिइएको छ । उक्त पोष्टमा भनिएको छ, ‘यो घटनाको समिक्षा गरिँदै छ । नियाक एक शानदार सिंह थियो जसलाई हामी सधैं याद राख्नेछौं ।’

चिडियाखानाका एक कर्मचारीले घटनाको जानकारी दिएका छन् । उनले भने, ‘गुफाबाट तेज गर्जनको आवाज आइरहेको थियो । जब हामी त्यहाँ पुग्यौं जूरीले नियाकको गर्धन समातिरहेको थियो । हामीले सक्दो कोसिस गर्दा पनि नियाकको ज्यान बचाउन सकेनौं र सास रोकिएका कारण उसको मृत्यु भयो ।’

चिडियाघरको रेखदेख गर्ने डेविड हेगन भन्छन्, ‘हाम्रो चिडियाघरको प्रत्येक जनावरसँग एउटा सम्बन्ध स्थापित हुन्छ । यस्तोमा नियाकको मृत्युले हामीलाई प्रभावित पार्दछ । हाम्रो लागि नियाक परिवारको एक सदस्यजस्तै थियो ।’

चिडियाघरका अधिकारीले सिंहको यो जोडीबीच कहिले पनि कुनै प्रकारको मनमुटाव नभएको बताए । उनले भने, ‘आखिर त्यस्तो के भयो, यसको अनुसन्धान जारी छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप