शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

तनुश्रीद्वारा राखी सावन्तमाथि मुद्दा दर्ता, मागिन् १० करोड

सोमबार, ०५ कात्तिक २०७५, ११ : ५०
सोमबार, ०५ कात्तिक २०७५

तनुश्री दत्ता र नाना पाटेकर विवादपछि राखी सावन्तले एक पत्रकार सम्मेलन गरेर तुनश्रीबारे विभिन्न टिका टिप्पणी गरेकी थिइन् ।

राखीले तनुश्रीलाई लागुऔषध दुर्व्यवसनी बताउँदै उनी सुटिङ छोडेर आफ्नो भ्यानिटी भ्यानमा ड्रग्स सेवन गरेर बेहोस भएको आरोप लगाएकी थिइन् ।

राखीको उक्त बयानबाजीमा आपत्ति जनाउँदै तनुश्रीले उनीविरुद्ध मानहानीको मुद्दा दर्ता गर्दै १० करोड भारु माग गरेकी छिन् ।

राखीले तनुश्री र नाना पाटेकर विवादमा नानालाई निर्दोष बताउँदै तनुश्रीलाई गैर जिम्मेवार, लागु औषध दुर्व्यवसनी र नाना पाटेकरमाथि झुटो आरोप लगाएको भन्दै तनुश्रीमाथि दोष लगाएकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप