शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

केही वर्षभित्रै भारतको कोलकत्ता बन्दरगाह हुँदै नारायणी नदीको जलयात्रा सुरु हुनेछ : मन्त्री ज्ञवाली

सोमबार, ०५ कात्तिक २०७५, १४ : ०८
सोमबार, ०५ कात्तिक २०७५

बुटवल– परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले अबको विकास  र जनताको समृद्धिको यात्रमा कोही सत्ता पक्ष र कोही प्रतिपक्ष हुन नहुने बताएका छन् । गुल्मीको मुसिकोट नगरपालिकाले आयोजना गरेको बौद्धिक सम्मेलनको आज उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले सो कुरा बताएका हुन ।

कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने– ‘अहिलेको सरकार विकास र समृद्धिको यात्रमा फड्को मार्दैछ, हामी सत्तपक्ष र  अरु कोही प्रतिपक्ष बनेर अगाडी बढ्न  चाहन्छौं सबैसँग सहकार्य र साझेदारी गरेर जनताको अपेक्षा पुरा गर्न चाहन्छौ ।’

उनले सरकार गठन भएको ८ महिनामा संविधान कार्यन्वयन, दुई छिमेकी मुलुकसँग नयाँ शिराबाट सम्बन्ध सुधार, अन्य मुलुकसँग पनि नेपाल र नेपालीको शीर उचो पार्ने गरी सम्बन्ध सुधार गर्दै विकास  र समृद्धिको जग खडा गरेको दावी गरे ।  

‘भारत र चीनसँग अहिलेको सरकारले जुन सम्बन्ध सुधार गरेको छ त्यो पहिलो महत्वपूर्ण कार्य  हो, उनले थपे– ‘अब कहिल्यै नेपालीहरुले नाकाबन्दी भोग्न नपर्ने गरी तेश्रो मुलुकबाट पनि सर समान ढुवानी गर्न सकिने भएको छ ।’ 

परराष्ट्रमन्त्री ज्ञवालीका अनुसार आगमी केही वर्षभित्रै भारतको कोलकत्ता बन्दरगाह हुँदै नारायणी नदिको जलयात्रा सुरु हुनेछ । रेल मार्ग निर्माणको थालनी पनि  अब छिटै हुनेछ । सडकको स्तर बृद्धिदेखि हरेक विकास निर्माणको गतिलाई सरकारले तीव्र पार्दै छ । 

उनले निर्मला पन्त हत्याकाण्डका अपराधीलाई सरकारले पानी मुनि लुकेकै भए पनि नछाड्ने बताउँदै यस्तो मानवीय संवेदनामाथि कसैले राजनीति नर्गन सुझाव दिए । यो सरकारले अपराधीलाई छाड्दैंन र भ्रष्टहरुप्रति झन निर्मम ढंगले लागेको बताउँदै आक्रोशित मुद्रमा चेतवानी दिँदै उनले भने– ‘करोडौंको विकास निर्माणको जिम्मा लिने, समयमा काम नगर्ने आफु चिल्लो कारमा शयर गर्ने यता जनतालाई दुःख दिने त्यस्तालाई पनि यो सरकारले कार्वाही गरेरै छाड्ने छ । हरेक क्षेत्रमा भ्रष्टचार छ ।  

त्यस्ता भ्रष्ट कुन पार्टीका सदस्य हो भनिने छैन निर्मम ढंगले प्रस्तुत भइने छ ।’ उनले रिडी रुद्रवेणी वामी टक्सार सडक खण्ड बढीमा दुई बर्ष भित्रमा पिच भई सक्ने, रेसुङ्गा विमान स्थलको नियमित उडान यसै हिउँद भित्रमा सुरु भई सक्ने बताए ।

कार्यक्रममा प्रतिनिधिसभ सदस्य तिलक महत, प्रदेश ५ का विशेष अधिकार समिति सभापति सांसद कमलराज श्रेष्ठ,  प्रदेश सांसदद्धय खड्ग केसी र दिेनेश पन्थी लगायतले पनि मन्तव्य राखेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप