बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

चार लाख नगदसहित १५ जुवाडे पक्राउ

सोमबार, ०५ कात्तिक २०७५, १५ : १७
सोमबार, ०५ कात्तिक २०७५

परासी– इलाका प्रहरी कार्यालय गैडाकोटले चार लाख रूपैयाँ नगदसहित १५ जना जुवाडेलाई पक्राउ गरेको छ । पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका १ ब्रिटिश क्याम्प नजिकबाट जुवा खेलिरहेको अवस्थामा प्रहरीले १५ जुवाडे पक्राउ गरेको हो । 

प्रहरीले जुवा खेलाडी चितवन भरतपुर महानगरपालिका २ का ५६ वर्षीय खुमप्रसाद, वडा ५ का ४५ वर्षीय विमल श्रेष्ठ, वडा ३ का २८ वर्षीय अनिल शाह, वडा ४ का ४८ वर्षीय श्याम लामा, वडा  २ का २८ वर्षीय प्रदिप लामा, वडा  ११ का ४२ वर्षीय निर्मल श्रेष्ठ, वडा  १९ का ३९ वर्षीय कृष्णहरि शर्मा, वडा नम्वर ४ का ३१ वर्षीय विकास क्षेत्री, वडा नम्बर १० का ४० वर्षीय अशोक लामिछाने, वडा नम्बर ४ का २९ वर्षीय गोपाल गौतमलाई पक्राउ गरेको छ ।

त्यस्तै चितवनकै रत्ननगर नगरपालिका वडा नम्बर १४ का ३४ वर्षीय विशाल बस्नेत सोही ठाँउका ३८ वर्षीय कुमार गुरुङ, ४८ वर्षीय बाबुराम अर्याल, लमजुङ जिल्ला बेसीशहर वडा नम्बर २ बस्ने १८ वर्षीय विपिन गुरुङ, गैँडाकोट नगरपालिका १ का ३९ वर्षीय रमेश श्रेष्ठलाइ पक्राउ गरेको जनाएको छ । प्रहरीले यिनका साथबाट ४ लाख ७ हजार २४० रूपैया नगद पनि बरामद गरेको जनाएको छ । पक्राउ पर्नेहरुमाथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप