शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राष्ट्रपति भण्डारीको हातबाट टिका थाप्दा शीतल निवासमा जे देखियो....(फोटोफिचर)

सोमबार, ०५ कात्तिक २०७५, १५ : ३७
सोमबार, ०५ कात्तिक २०७५

काठमाडौं– हिन्दु धर्माबलम्बीहरुको महान चाड दशैं सकिनै लागेको बेला अहिले एउटा विषयले सामाजिक सञ्जालमा प्राथमिकता पाएको छ । प्रधानमन्त्री केपी ओलीको हातबाट टिका लगाउनेभन्दा पूर्वराजा ज्ञानेन्द्रको हातबाट टिका लगाउनेहरुको संख्या बाक्लिरहेको प्रसंग चर्चामा रहेकै बेला शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट टिका लगाउँदा देखिएका दृष्यले माहोल तातेको हो ।

राष्ट्रपति भण्डारीले कर्मचारीदेखि विभिन्न राजनीतिक दलका नेताहरुलाई दशैंको टिका लगाइदिँदा देखिएका दृष्यहरु शाहीकालका भन्दा भद्दा देखिएको भन्दै सामाजिक सञ्जालमा भाइरल भैरहेका छन् ।

पूर्व प्रधानन्यायाधीश गोपाल पराजुलीदेखि नेकपाका नेता वामदेव गौतमसम्म राष्ट्रपति भण्डारीको हातबाट टिका लगाउँदा अस्वभाविक रुपमा देखिएका छन्, जसले राजतन्त्रको बेला (शाहीकालमा) पूर्वराजाहरुको हातबाट टिका थाप्दा ‘प्रजा’ को रुपमा टिका ग्रहण गर्थे । अस्वभाविक रुपमा देखिएका यी दृष्यले राष्ट्रपति भण्डारीको सामाजिक सञ्जालमा निकै आलोचना भैरहेको छ ।  

  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप