पाँचसय गाडी चालक कारवाहीमा
दाङ– दशैँको समयमा ट्राफिक नियम उल्लङ्घन गर्ने करिव ५०० सवारी साधन चालकलाई कारवाही गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार नियमविपरीत सञ्चालन गरिएका ५०५ सवारी चालकलाई कारवाही गरिएको ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक मदन कुँवरले जानकारी दिए ।
उनका अनुसार कारवाहीमा पर्नेमा तीव्रगतिमा गाडी चलाउने, मापसे गरेर चलाउने, क्षमताभन्दा बढी सामान राख्ने र सवारी सञ्चालन कागजात नभएका चालक छन् । कारवाहीमा पर्नेमा मोटरसाइकल, जीप कार, बस, ट्रक, टिपर, अटो लगायतका सवारी साधनका चालक छन् । उक्त कारवाहीबाट रु तीन लाख १९ हजार राजश्व सङ्कलन भएको पनि प्रहरी निरीक्षक कुँवरले बताए ।
दशैँको अवधिमा दाङमा चार वटा सवारी साधन दुर्घटना भएकामा एक जनाको मृत्यु भएको र चारजना गम्भीर घाइते भएको उक्त कार्यालयले जनाएको छ । गत वर्ष दशैंको समयमा भन्दा यसपटक भने सवारी साधन दुर्घटनामा कमी आएको छ । गत वर्ष सो अवधिमा एक दर्जनबढी सवारी दुर्घटना हुँदा चार जनाको मृत्यु हुनुका साथै १० जना गम्भीर घाइते भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ललितपुरमा भीरबाट लडेको अवस्थामा एक जनाको शव फेला
-
सुप्रिम सहकारी घोटाला प्रकरण : ४ जनाको बयान जारी
-
नेविसंघको आज स्थापना दिवस : पालिकालाई बुझाइयो शैक्षिक सुधारको ज्ञापनपत्र
-
कर्णालीमा किचलो : मन्त्रालय भागबण्डा नमिल्दा मन्त्रिपरिषद् विस्तारमा उल्झन
-
भिक्षु बन्न ३ करोड ४० लाख डलरको सम्पत्ति दान दिँदै भारतीय दम्पती
-
बालबालिकाका लागि भिटामिन ‘ए’ राष्ट्रिय अभियान, तस्बिरमा हेर्नुहोस्