बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सप्तरीमा मिनिबस दुर्घटना, १ जनाको मृत्यु, ८ जना घाइते

सोमबार, ०५ कात्तिक २०७५, १६ : ३८
सोमबार, ०५ कात्तिक २०७५

जनकपुर– सोमबार सप्तरीमा भएको सवारी दुर्घटनामा परि एकको मृत्यु भएको छ भने आधा दर्जनभन्दा बढी घाइते भएका छन् ।  जिल्लाको देवधार चोकमा मिनी बस दुर्घटनामा परि एक जनाको मृत्यु भएको हो भने ८ जना घाइते भएका हुन् ।

सुनसरीको चतराबाट काठमाडौंतर्फ गईरहेको बा.४ ख ४४७० नम्बरको यात्रुबाहक मिनीबस दुर्घटनामा परी काभ्रेपलाञ्चोकका ४५ वर्षीय दिपक राईको मृत्यु भएको हो । गम्भीर घाइते अवस्थामा सिरहाको लहानस्थित सप्तऋषि अस्पतालमा उपचारको क्रममा राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि घाइते हुनेहरुमा सुनसरीको बराहक्षेत्र नगरपालिका– ३ का ३१ वर्षीय सन्तोष लिम्बु, सोही नगरपालिका–१ कि २७ वर्षीया दिपा श्रेष्ठ, वडा नम्वर ६ का ३५ वर्षीय गोपाल दाहाल, ३० वर्षीया लिला दाहाल, २ वर्षीया सिजु दाहाल, वडा नम्वर ७ कि ५४ वर्षीया जानुका बास्तोला, खोटाङको ससनेत गाउँपालिका–१ कि ३४ वर्षीया सीता राउत र भोजपुरको हनुवागढी गाउँपालिका–२ का २४ वर्षीया तारा कार्की रहेका छन् ।

घाइतेहरुको खडक नगरपालिकाको खर्चुहियास्थित ईन्द्रेणी पोलीक्लिनिकमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय कल्यानपुरले जनाएको छ । क्षमताभन्दा कढी यात्रु बोकेपछि मिनी बसका चालकले ओभरटेक गर्ने क्रममा नियन्त्रण बाहिर गई दुर्घटना भएको बसमा सवार यात्रुहरुको भनाई छ ।

बस र चालकलाई इलाका प्रहरी कार्यालय कल्याणपुरले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप