शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सीबीआईद्वारा आफ्नै शीर्ष पदाधिकारीविरुद्ध मुद्दा दर्ता, मोदी नेतृत्वको सरकारलाई धक्का लाग्ने संकेत

सोमबार, ०५ कात्तिक २०७५, १७ : २८
सोमबार, ०५ कात्तिक २०७५

एजेन्सी–भारतीय सीवीआईले आफ्नै संगठनका दोस्रो शीर्ष पदाधिकारी राकेश अश्थानाविरुद्ध मुद्दा दायर गरेको छ । नरेन्द्र मोदी नेतृत्वको सरकारको लागि धक्का हुनसक्ने यस घटनामा राकेशमाथि घुसखोरीको आरोप लागेको छ । 

अक्टोबर १५ मा दायर भएको यो मुद्दामा राकेशले एक व्यापारी मोइन कुरेशीसँग कालो धनलाई सेता बनाउन २ करोड भारु घुस लिएको आरोप लागेको छ ।  यस मुद्धामा समन्तकुमार गोयलको नाम पनि मुछिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । उनी भारतको बाह्य गुप्तचार संस्था ‘र’ का विशेष निर्देशक हुन् । गोयलमाथि कुरेशी र राकेशबीचमा गैरकानुनी सहमतिको लागि मध्यस्थतता गरेको आरोप लागेको छ । 

यस मुद्दामा अर्का एक आरोपीमाथि पनि अनुसन्धान भइरहेको छ । अश्थानाले मनोजप्रसाद नाम गरेको एक दलालमार्फत घुस लिएको कुरा सार्वजनिक भएको छ ।   मनोजलाई सीवीआईको भ्रष्टचारविरुद्ध केन्द्रित इकाइले अक्टोबर १६ अर्थात अश्थानाविरुद्ध मुद्दा दायर भएको भोलिपल्ट पक्राउ गरेको थियो । 

भारतको चर्चित अंग्रेजी समाचारपत्र ‘द इण्डियन एक्सप्रेस’सँग कुरा गर्दै सीबीआई अधिकारीहरुले दुवईमा बसोबास गरिरहेका मनोजले कुरेसीको तर्फबाट आफूले अश्थानालाई घुस दिएको कुरा अदालतसामु स्वीकार गरेको बताएका छन् । रिपोर्टअनुसार उनले यो प्रक्रियामा गोयलले सहजीकरणको भूमिका खेलेको बताए ।  

अश्थानालाई दोषी देखाउने प्रमाणहरुमा टेलिफोन, इन्टरनेट, ह्वाटएप म्यासेज, पैसा लेनदेनको मार्ग र एक वक्तव्य सीबीआईले अदालतलाई बुझाएको बताइन्छ । 

कसरी बाहिर आयो यो मुद्दा

भ्रष्टचार मुद्दा सन् २०१४ फेब्रुअरी ताकाको नै हो । त्यो समय भारतको आय कर विभागले कुरेसीको घरमा छापा मारेको थियो । कुरेसी ठूलो मात्रामा मासु निर्यात गर्ने व्यापारी हुन् ।  छापा मार्दा कुरेसीको ब्लाकबेरी म्यासेन्जरमा रहेको म्यासेजहरुले उनको पूर्व सीबीआई निर्देशक ए.पी.सिंहसँग सम्बन्ध रहेको देखाएको थियो । यस खुलासाको फलस्वरुप सिंहले अवकासपछि भारतको संघीय लोक सेवा आयोगको दायित्वहीन सदस्यताबाट राजीनामा दिनुपरेको थियो । 

सन् २०१७ फेब्रुअरीमा सीबीआईले यो मुद्धा दर्ता गर्दै, यस मुद्धालाई अश्थानाको नेतृत्वमा रहेको सीबीआई भित्रकै स्पेशल इन्भेष्टिगेशन टिमलाई हस्तान्तरण गरेको थियो ।  त्यसपछि सन् २०१७ को अगस्टमा इन्फोर्समेन्ट डाइरेक्टरोटले ‘प्रिभेन्सन अफ मनि लण्डरिङ एक्ट’ अन्तर्गत कुरेसीलाई पक्राउ गरेको थियो । उनीमाथि सरकारी कर्मचारीको लागि कालो धनलाई वैध बनाएको कयैन आरोपहरु लागेको छ ।

 यो घटनामा अश्थानको सहभागिता तब बाहिर आयो जब कुरेशीको मुद्धाको अनुसन्धानको क्रममा सोधपुछको लागि बोलाइएका हैदरावाद निवासी व्यापारी साना सतिसले सीबीआईका विशेष निर्देशकनै कुरेसीमाथिको मुद्दालाई दबाउन लागिपरेको खुलासा गरे । 

रमाइलो कुरा त के छ भने सतिसले आफ्नो बयान घटना अनुसन्धान गर्न बनाइएको उक्त विशेष समुहलाई दिएका थिए, जसको नेतृत्व अश्थानाले गरिरहेका थिए ।  ‘द इण्डियन एक्सप्रेस’को रिपोर्टअनुसार सतिसले आफ्नो बयानमा अश्थाना, मनोजप्रसाद र उनको नातेदार सोमेस श्रीवास्तवको पोल खोलेका थिए । 

बयानमा सतिसले आफूले विगत १० महिनादेखि सीबीआईको मुद्धामामिला नचलाउने सर्तमा ३ करोड बुझाइसकेको पनि बताए । सोही समाचारपत्रको रिपोर्टअनुसार सीबीआई अधिकारीहरुले उनलाई थप रकमको लागि सतिसलाई धम्की दिएका थिए । 

मनोज पक्राउ परेपछि दिएको बयानमा आफूले कुरेसीको तर्फबाट अश्थानालाई घुष दिएको बताए । साथमा उनले ‘र’ मा हाल दोस्रो स्थानमा रहेका र पश्चिम एसिया डेस्कको इन्चार्ज रहेका गोयलको नाम उल्लेख गरेका थिए । मनोजका अनुसार गोयलले कुरेसीलाई दुबईमा कयंैन पटक भेटेका थिए र उनले नै कुरेसीको अश्थानासँगको सम्पर्क बनाएका थिए । 

सीबीआईभित्र शक्ति संघर्षको परिणाम ?

अश्थानामाथिको आरोप सीबीआईका प्रमुख अशोक बर्मा र दोस्रो स्थानमा रहेका अश्थानाबीच ठूलो शक्तिसंघर्षको खबर बाहिरिएसँगै सार्वजनिक भएको छ ।  अश्थानाले यसअघि बर्मामाथि राष्ट्रिय जनता दलका प्रमुख लालुप्रसाद यादवविरुद्धको भ्रष्टाचार मुद्धामा हस्तक्षेप गरेको आरोप लगाएका थिए  । 

अर्कोतर्फ बर्माले अश्थानाको ‘हल्का’ भएको टिप्पणी गरेको छन् । बर्माले आफूमाथि हल्का आरोप लगाएर आफूले गरेको गम्भिर प्रकृतिको आरोपबाट ध्यान हटाउन खोजेको आरोप लगाएका छन् । 

आश्थानामाथि अहिले ६ वटा विभिन्न आरोपमाथि अनुसन्धान भइरहेको छ । यो सन्दर्भमा यो वर्षको जुलाईमा सीबीआईले सेन्ट्रल भिजिल्यान्स कमिसन(सीभीसी)लाई पत्र लेखेर बर्माको अनुपस्थितिमा अश्थानाले अधिकृतहरुलाई नियुक्त गर्ने भूमिका हुन नसक्ने लेखेको थियो । 

अश्थानामाथि सीबीआईको आफ्नो दोस्रो स्थानको उपयोग गरेर बर्माको अधिकारलाई बाईपास गरेर शंकास्पद गुण भएका अधिकारीहरुलाई भर्ना गरेको आरोप लागेको छ ।  अश्थानालाई प्रधानमन्त्री मोदीको समर्थन भएकोले उनीमाथि लागेको मुद्दाले मोदी सरकारको छबिमा असर पर्ने देखिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप