बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सिन्धुपाल्चोकमा फेरि बस दुर्घटना, २२ जना घाइते

सोमबार, ०५ कात्तिक २०७५, २२ : ४१
सोमबार, ०५ कात्तिक २०७५

चौतारा- सिन्धुपाल्चोक चौताराबाट सिपापोखरेको ज्यामिरे मानेतर्फ गइरहेको यात्रुबस आज बेलुका दुर्घटना हँुदा २२ जना घाइते भएका छन् । 

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल चौतारामा लगिएको प्रहरी निरीक्षक हरिकृष्ण केसीले जानकारी दिए । 

बा२ख ११०६ नंको बस इन्द्रावती गाउँपालिका–९ भोटसिपास्थित मोडमा विपरीत दिशाबाट आएको बलेरो जीपलाई साइड दिने क्रममा ब्याक गर्दा ब्रेक फेल भएर सडकमै पल्टेको स्थानीय जनता माविका प्रधानाध्यापक गुणनिधि लम्सालले बताए । प्रहरीका अनुसार बसमा करीब ६५ जना यात्रु सवार थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप