सोलुखुम्बुमा दुर्घटनाबाट जोगियो हेलिकप्टर
सोमबार, ०५ कात्तिक २०७५, २२ : ५३
सोलुखुम्बु तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा माउण्टेन एयरको हेलिकप्टरमा क्षति भएको छ । विमानस्थलमा अवतरण गरिएको उक्त हेलिकप्टरको आफ्नै पङ्खाले पुच्छरमा लाग्दा क्षति भएको सोलुखुम्बुका प्रजिअ नरेन्द्रकुमार रानाले जानकारी दिए ।
काठमाडौँबाट लुक्ला आएको अर्को हेलिकप्टरको कारणले उक्त हेलिकप्टरमा सामान्य क्षति भएको बताइएको छ । आज बिहान ११ः४५ बजेको समयमा अवतरण गरिएको हेलिकप्टर नजीकै अर्को हेलिकप्टरसमेत अवतरण गराउने क्रममा उक्त घटना भएको प्रहरी नायब उपरीक्षक शालिग्राम शर्माले जानकारी दिए ।
अवतरण गरी राखिएको उक्त हेलीको आफ्नै पङ्खाले पुच्छरमा लाग्दा पछाडिको भागमा सामान्य क्षति पुगेको छ । क्षति पुगेको उक्त हेलिकप्टरलार्ई काठमाडाँैबाट प्राविधिकको टोली आई मर्मत गरेपछि पुनः काठमाडौँ लगिने नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शेर्पा र चौधरीलाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश
-
टोपबहादुरसहित ७ जनालाई धरौटीलाई छाड्न सर्वोच्चको अस्वीकार
-
रुपन्देहीमा २०७ बोरा अवैध चिनी बरामद
-
नक्कली परीक्षार्थी खडा गर्नेमाथि अनुसन्धान गर्न प्रहरीलाई पत्राचार
-
शाहरुखको जवान टौरस वर्ल्ड स्टन्ट अवार्डमा मनोनीत
-
विदेश पठाउँछु भनेर ठगेको आरोपमा दुईजना पक्राउ