शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

क्रोएसियाका पूर्वप्रधानमन्त्रीलाई युद्ध अपराधको आरोप

सोमबार, ०५ कात्तिक २०७५, २३ : ३५
सोमबार, ०५ कात्तिक २०७५

जाग्रेब- क्रोएसियाका पूर्व प्रधानमन्त्री इभो सानाडरलाई युद्ध अपराध गरेको ठहर गरिएको छ ।  युद्धका समय पदको दुरुपयोग गर्दै राज्यकोषबाट अनियमितता गरेको ठहर गर्दै क्रोएसियाको एउटा अदालतले सजाय दिनुपर्ने फैसला सोमबार गरेको समाचारमा जनाइएको छ । 

पूर्व प्रधानमन्त्री सानाडरले सन् १९९० को दशकमा युद्धका नाममा राज्यको श्रोत साधनको दुरुपयोग गरेको आरोप लगाइएको छ ।  अदालतले उनलाई साढे दुई बर्ष जेल सजाय र पाँच लाख युरो जरिवाना समेत तिराउनु पर्ने फैसला सुनाएको हो । 

तर पूर्व प्रधानमन्त्री सानाडरले भने जेल सजाय अस्विकार गरेका छन् । उनले सोही आरोपमा यस अघि नै जेल सजाँय भुक्तान गरेको दावी गर्दै फैसलाको पुनरावलोकनका लागि निवेदन दिने बताएका छन् । -एएफपी
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप