बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कपिल शर्माको विवाह डिसेम्बर १२ मा हुने निश्चित

मङ्गलबार, ०६ कात्तिक २०७५, ०९ : १७
मङ्गलबार, ०६ कात्तिक २०७५

बलिउडका जोडी दीपिका पादुकोण र रणबीर सिंहपछि अब हास्यकलाकार कपिल शर्माले पनि आफ्नो विवाहको मिति सार्वजनिक गरेका छन् । आइएनएसको खबर अनुसार कपिलको डिसेम्बर १२ तारिखमा प्रेमिका गिन्नीको गृहनगर जालन्धरमा विवाह गर्दैछन् ।

भव्य तरिकाले हुनेछ विवाहः

कपिलले गिन्नी आफ्नो परिवारको एक्ली छोरी भएकाले उनकी आमा र गिन्नीको परिवारले विवाह भव्य रुपमा होस् भन्ने चाहना राखेको जानकारी दिए । उनले भने, ‘म सबैको भावनाको सम्मान गर्छु त्यसकारण विवाहको कार्यक्रम उनीहरुको इच्छा अनुसार नै हुनेछ । रिसेप्सन १४ डिसेम्बरमा हुनेछ ।’

दाइको विवाह सम्झेः

आफ्नो विवाहको कुरा गर्दा कपिलले दाइको विवाह सम्झिए । उनले भने, ‘जब दाइको विवाह भएको थियो तब हाम्रो त्यति राम्रो कमाई थिएन त्यसकारण विवाह निकै साधारण तरिकाले गरिएको थियो । बहिनीको विवाहका बेला परिस्थिती बदलिएको थियो त्यसकारण उसको विवाह भव्य रुपमा भएको थियो । बहिनीको विवाह अघि कपिलले ग्रेट इन्डियन लाफ्टर च्यालेन्ज जितेका थिए र उनले १० लाख भारु उपहार पाएका थिए ।’

को हुन् गिन्नी चतरथः

गिन्नी र कपिल कलेजका साथी हुन् । कलेजका कार्यक्रममा यी दुई सँगै भाग लिन्थे । कपिलका दाइ अशोक शर्माका अनुसार गिन्नीको वास्तविक नाम भवनीत हो र उनी जालन्धरकी हुन् । गिन्नी कपिलसँग पंजाबी कमेडी शो हँसबलिएमा देखिएकी थिइन् । यहि कार्यक्रममा सेटमा उनीहरुबीच अफेयर सुरु भएको बताइन्छ ।

पाँच वर्ष अघि सम्बन्धको घोषणाः

गिन्नीले कपिलसँगको आफ्नो सम्बन्धलाई सन् २०१३ मा घोषणा गरेकी थिइन् । यद्यपी, यसलाई धेरैले याद गरेका थिएनन् । साथीसँगको च्याटमा भवनितले आफू कपिलसँग डेट गरिरहेको स्विकारेकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप