बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मेगा बैंकद्वारा बालगृहलाई रु एक लाख

शनिबार, ०७ साउन २०७४, २० : १३
शनिबार, ०७ साउन २०७४

काठमाडौँ – मेगा बैंक नेपाल लिमिटेडले बौद्धस्थित ‘गरिब तथा अनाथ बालिका गृह’लाई रु एक लाख आर्थिक सहयोग गरेको छ । बैंकको आठौँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा बैंकका अध्यक्ष भोजबहादुर शाह र प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले अनाथ गृहका पूर्णमाया गुरुङलाई रकम हस्तान्तरण गरे । 

वार्षिकोत्सवका अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तरगत समाजसेवामा सक्रिय संस्थालाई बैंकले प्रत्येक वर्ष सो रकम सहयोग गर्दै आएको अध्यक्ष शाहले जानकारी दिए । देशका विभिन्न स्थानमा ४७ शाखा रहेको सो बैंकले ५८ स्थानबाट अत्याधुनिक शाखारहित बैंकिङ सेवा तथा ५० एटिएम सञ्चालन गरेको छ । 

प्रमुख कार्यकारी अधिकृत शाहका अनुसार ‘हलोदेखि हाइड्रोसम्म’ भन्ने मुलनाराका साथ सात वर्ष अगाडि रु दुई अर्ब ३३ करोड चुक्त पूँजीबाट स्थापना गरिएको सो बैंकको अहिले रु चार अर्ब ५८ करोड चुक्ता पूँजी पुगेको छ ।


हकप्रद शेयर रु दुई अर्ब ५७ करोड जारी गर्ने तयारीमा रहेको संस्थाको टुरिजम डेभलपमेण्ट बैंकसँग एकीकरणको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । सो एकीकरणपछि रु नौ अर्ब ५० करोडको चुक्ता पूँजी हुने जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप